८ वैशाख २०८१ शनिबार
राजनीति

रौतहटको अन्तिम परिणाम : कांग्रेस पहिलो, एमाले निल

गौर- रौतहटको गरुडा नगरपालिकामा संघीय समाजवादी फोरमले जितेको छ। फोरमका इन्दु राय यादवले ३ हजार ८ सय ७६ मत ल्याई विजय भएका हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रंगीला देवी जयसवाल विजयी भइन्। उनले ४ हजार ६ सय ३ मत ल्याइन्। योसँगै रौतहटको १८ वटै स्थानीय तहको अन्तिम परिणाम आएको छ।

अन्तिम परिणामअनुसार नेपाली कांग्रेस ८ स्थानीय तहमा जित्दै रौतहटमा पहिलो दल बन्यो। कांग्रेसले परोहा, चन्द्रपुर, फतुवा विजयपुर, राजदेवी, राजपुर, दूर्गा भगवती र बृन्दावनमा जित हासिल गर्यो।

त्यस्तै संघीय समाजवादी फोरम ४ स्थानमा जित्दै दोस्रो दल बन्यो। फोरमले देबहादी गोनाही, बोधीमाई, माधवनारायण र गरुडामा जित हासिल गर्‍यो।

त्यस्तै माओवादी केन्द्रले तीन तहमा जित्दै जिल्लाको तेस्रो दल बन्यो। माओवादीले मोलापुर, यमुनामाई र कटहरियामा जित्यो। त्यस्तै राजपाले गौर र गजुर र नेपाल लोकतान्त्रिक फोरमले इशनाथमा विजय प्राप्त गरे।

नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालको गृहजिल्लामा भने एमाले शून्य बनेको छ। एमाले चन्द्रपुर नगरपालिकामा भने उपमेयरमा विजयी भयो।

प्रकाशित: ९ आश्विन २०७४ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App