४ वैशाख २०८१ मंगलबार
समाज

डा.केसी अचानक अनसन बस्दै

डा.गाेविन्द केसी। फाइल तस्विर

काठमाडौं—चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनसन बस्ने निर्णय गरेका हुन्।

समितिमा रहेका मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेसहितका सांसदले विधेयकलाइ जनमुखी हुनबाट राेकेका थिए।

चिकित्सा शिक्षा विधेयकप्रति डा.केसीले असन्तुष्टि जनाउँदै आएका छन्। यसअघि सो विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको कार्यदलले पारित गरिसकेको छ। समितिमा रहेका मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेसहितका सांसदले विधेयकलाइ जनमुखी हुनबाट राेकेका थिए। त्यतिबेला डा.केसी अनसनमा थिए। सरकारले सो विधेयकलाइ पूर्ण संसदमा लैजाँदा उनका माग समेट्ने प्रतिबद्धता जनाएर अनसन ताेडाएको थियो। 

सो सहमतिविपरति केही दिनअघि विधेयकलाइ  पूर्ण संसदमा दर्ता गराइएको थियो। संसदको अाजको कार्यसूचिमा सो विधेयक राखिएको थाहा पाएपछि केसीले अनसन बस्ने तयारी गरेका हुन्र। उनी सधैँ जस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बस्नेछन्।  

विधेयकमा पहिले नै आसयपत्र लिएर भौतिक पूर्वाधार तयार पारिसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको भन्दै डाक्टर केसी र उनका प्रतिनिधिले आपत्ति जनाउँदै अएका छन्।

 

प्रकाशित: ९ आश्विन २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App