coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

काठमाडौं- आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने भएको छ । माओवादी युद्धकालमा भएका घटनालाई विषय बनाएर निर्माण गरिएको फिल्म ‘तान्द्रो’ आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजधानीमा आइतबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म युनिटले रिलिज मिति पनि घोषणा गरेको हो ।
फिल्मका निर्देशक साम्तेन भुटियाका अनुसार २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा भएको घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । ‘उक्त घटनामा तत्कालीन माआवादीको सांस्कृतिक टोलीलाई राज्य पक्षले आक्रमण गरेपछि टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोसिसलाई सुरक्षा फौजले घुँडामा गोली हानेको थियो,’ निर्देशक भुटियाले भने, ‘कोसिसले पाँच दिनसम्म पाएको पीडालाई फिल्ममा प्रस्तुत गरिएको छ ।’
फिल्ममा अभिनेता दयाहाङ राईले कोसिसको भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणिराम पोखरेललगायतका कलाकारको अभिनय छ । ब्ल्याक हर्स पिक्चर र सिनेमा आर्टले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद छ । शतिसकुमार गौतम फिल्मका निर्माता हुन् ।

प्रकाशित: ९ आश्विन २०७४ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App