७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिजालाई औधोगिक क्षेत्र बनाउने प्रचण्डको घोषणा

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुम्लाको सिजा क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा विकास गर्ने घोषणा गरेका छन ।  उनले औधोगिक क्षेत्र बनाउनको लागि प्रधानमन्त्री शेर वहादुर देउवा सँग सिधै गएर भेटेर कुराकानी गर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सिजा आमसभालाई संबोधन गर्दै उनले खस सभ्यताको जननीका रुपमा रहेको सिजामा खस सग्रहलाय निर्माण अभियानलाई अन्तिम रुप दिइएको बताए । उनका अनुसार खस राज्यमा भएका सबै प्रकारका अनुसन्धानलाई त्यहा समावेश गरिने भएको छ। 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्णालीले जनयुद्ध कालमा गरेको त्याग तपस्या र बलिदानको नेकपा माओवादी केन्द्रले सदैव सम्मान गरेको बताए । उनले पछिल्लो समयमा माओवादीको कार्यक्रममा जनसहभागिता धेरै हुने गरेको भएपनि पराजित हुनु परेको भन्दै अब आम सभामा मात्रै नभै निर्वाचनमा माया गरेर माओवादी केन्द्रका पक्षमा मतदान गर्न जुम्लावासीलाई आग्रह गरे। 

हेलिकप्टर मार्फत जुम्ला पुगेका प्रचण्डले देश माओवादीको एजेण्डामा अघि बढेकोले निकट भविष्यमै नेपाली जनताले परिवर्तनको अभाष दिने बताए । उनले नेमकिपाबाट पार्टी परित्याग गरेर आउने पूर्ण प्रसाद धिताल सहितको टोलीलाई पार्टी प्रवेश गराएका थिए। 

प्रकाशित: ९ आश्विन २०७४ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App