६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

नयाँ दिल्ली – पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ। 

यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो। 

प्रहरीले यस समाचारको विस्तृत विवरण भने दिएको छैन। उक्त कारखानामा अवैध रुपमा सञ्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाएको छ। 

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ। 

कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App