६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु

काबुल –  अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

नान्गाहार प्रान्तको आचिन जिल्लामा घेरा हालेर गरिएको यस हवाई कारबाहीमा परी सात आइएस लडाकू मारिनुको साथै अन्य केही घाइते भएका सो मन्त्रालयले ट्वीटरमार्फत जानकारी दिएको छ। 

अफगानिस्तानको राजधानीबाट १२० किलोमिटर पूर्वमा रहेको यस प्रान्तमा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको पाइन्छ। 

यस युद्धग्रस्त देशमा अफगान सेना र प्रहरीले संयुक्त रुपमा आइएस तालिवान आतङ्ककारीविरुद्ध कारबाही गर्दै आएका छन्। 

यद्यपी प्रत्याकर्मण स्वरुप तालिवान र आइएस लडाकूहरुले सुरक्षाबललाई लक्षित गर्दै भीषण बम आक्रमण गर्दै आतङ्क मच्चाउँदै आएका छन्। 

सोमबार बिहान सवेरै कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहार सहरमा आतङ्ककारीले गराएको विस्फोटक पदार्थ विस्फेटनमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका जनाइएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App