४ वैशाख २०८१ मंगलबार
प्रवास

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

टोकियो— जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। जापान एसोसिएसन अफ ट्राभल एजेण्ट(जाटा)ले आयोजना गरेको 'टुरिजम एक्स्पो जापान' नामक प्रदर्शनीमा नेपालका विभिन्न धार्मिक,सांस्कृतिक एवम् पर्यटकिय स्थलहरु तथा टुर प्याकेजकाबारे जापानी तथा अन्य विदेशी अवलोकनकर्तालाई जानकारी दिइएको हो।

प्रदर्शनीमा नेपालसम्बन्धी पम्प्लेट, ब्रोसर तथा नेपालको पर्यटनसम्बन्धी सामग्रीहरू डिभिडीका माध्यमबाट जानकारी गराईएको थियो। सेप्टेम्बर २१ देखि २४ सम्म टोकियो बिग साईडको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा आयोजना भएको एक्स्पोमा,विश्वका दर्जनौँ राष्ट्रहरु र जापानका स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ट्राभल एजेन्ट,एयरलायन्स तथा होटलहरुको सहभागिता थियो।

एक्स्पोमा नेपालका तर्फबाट, नेपाल टुरिजम बोर्ड, अरोमा ट्राभल्स एण्ड टुर्स, बिसिएन ट्राभल्स एण्ड टुर्स,बजेट ट्राभल्स एण्ड टुर्स,फार वेस्ट ट्राभल्स एण्ड टुर्स, लिबर्टी होलिडेज तथा पिक प्रमोसन लगायतका निजी कम्पनीहरुको स्टल थियो।

विभिन्न मुलुकका सयौँ सेवा प्रदायक कम्पनी र लाखौँ अवलोकनकर्ताले भ्रमण गरेको उक्त एक्स्पोमा हजारौँ जापानी तथा अन्य विदेशीहरुलाई नेपालको बारेमा जानकारी गराइएको थियो।

नेपाल पर्यटन बोर्डका टुरिजम प्रोडक्ट एण्ड रिसोर्स डेभलपमेन्ट म्यानेजर सन्तोस कुमार घिमिरेका अनुसार एक्स्पोमा नेपाल भ्रमण र नेपालका बारे चासो राख्नेहरुको संख्या अत्याधिक रहेको थियो।

प्रदर्शनीमा नेपालको कलात्मक स्टल देखेर नेपालको बारेमा बुझ्नेहरूको संख्या उल्लेख्य रह्यो जापानका लागी नेपाली पर्यटन प्रतिनिधी अनुज थापाले बताए। 'नेपालको पर्यटन प्रबर्दन कार्यमा सधैँ लागीपर्नेछु', नागरिकन्युजसँग उनले भने।

प्रदर्शनीमा नेपालको स्टललाई स्वयम्भूनाथको आकारमा बनाइएको थियो।

प्रदर्शनीमा सहभागी नेपाली टोली। तस्विरः नारायण रिमाल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App