coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसी १२ औं आमरण अनशनमा, यस्ता छन् माग

काठमाडौं- मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासनका लागि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले १२ अनशन सुरु गरेका छन्।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्न प्रयास भइरहेको भन्दै उनी अनशन बसेका हुन्।

गुपचुप रुपमा माफियाहरुको स्वार्थ अनुसार ऐन पारित गरेर तीन चौथाइ विपन्न तथा ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र निम्न तथा मध्यम वर्गका विद्यार्थीहरु चिकित्सक बन्नबाट वञ्चित गर्ने प्रयास भइरहेको डा. केसीले बताएका छन्।

'मेडिकल माफियासितकै मिलेमतोमा अहिले पनि प्रमुख दलहरु देशभर सरकारी मेडिकल कलेज खोल्ने काममा बाधक बनिरहेका छन्। सेवाका रुपमा हुनुपर्ने मेडिकल शिक्षालाई राजनीतिज्ञहरुले भ्रष्टाचार गरेर कमाएको अरबौं कालो धनलाई सेतो बनाउने र थप अकुत धन कमाउने माध्यम बनाउने त्यस्तो प्रयास हामीलाई किमार्थ स्वीकार्य छैन', डा. केसीले भनेका छन्।

यस्ता छन् डा. केसीका माग
१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२
कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस्। आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस्।
३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् ।
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

 

प्रकाशित: ९ आश्विन २०७४ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App