८ वैशाख २०८१ शनिबार
समाज

दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

काठमाडौं- नेपाली सेनाले दसैंको दिन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा ०६:३० बजे, ११बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।  

सेनाका गाडी निम्म रुटमा सञ्चालन हुने जनाइएको छ:

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

 

प्रकाशित: ९ आश्विन २०७४ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App