coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धानमा फौजी किराको प्रकोप

कोहलपुर- दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ। एकैपटक हजारौं हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ।

दिनभरी लुकेर बस्ने फौजी किराले रातमा धानका बाला काट्ने गरेको कृषकहरु बताउँछन्। धान पाकेर घरमा भित्र्याउने बेलामा फौजी किराका कारण किसानहरु समस्यामा परेको राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारुले जानकारी दिए । राप्ती सोनारीको सबैभन्दा बढि ३ र ४ वडामा फौजी किराको संक्रमण देखिएको छ ।  जिल्ला कृषि विकास कार्यालयले कृषकको खेतमा फौजी किराको संक्रमण भएको पुष्टि गरेको छ । हजारौ हेक्टरमा लगाएको धानबाली फौजी किराले नष्ट गरेको छ । सम्बन्धित निकाय मौन रहेको स्थानीय कृषकहरुको गुनासो छ ।

 जिल्ला कृषि कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जिल्ला कृषि विकास कार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा औषधी राख्ने काम सुरु भएको बताए। राप्तीपारीका कृषकका खेतमा फौजी किराले पाकेको धान खाएर नष्ट गरेको उनले भने। किराले भर्खरै संक्रमण गरेको र नियन्त्रणमा ल्याउने प्रयास भैईरहेको उनले जानकार दिए। सक्रमण नियन्त्रणबाहिर नरहेको कृषि कार्यालयको भनाई छ।

 

प्रकाशित: ९ आश्विन २०७४ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App