१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

काठमाडौं- सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको एउटा परिवारका सदस्यहरुले पुर्नमिलनको लागि गरेको संघर्षमा आधारित फिल्ममा राजदुत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन् ।
फिल्ममा राजदुत दुम्पतीको भूमिका रहने दृश्यको गत आइतबार नगरकोटमा छायांकन गरिएको छ । निर्देशक बलका अनुसार पूर्व पाइलट राजदुत ऊले यसअघि म्यान्मारकै एउटा फिल्ममा पाइलटकै भूमिका अभिनय गरेका थिए । ‘‘नीरफूल’को कथाबस्तु मन परेकोले राजदुत ऊ अभिनयका लागि राजी हुनुभयो,’निर्देशक बलले भने,‘राजदुत ऊ दम्पत्तिले फिल्ममा गरेको चरित्र अहिलेलाई गोप्य राखिएको छ ।
फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडालगायतको अभिनय रहेको फिल्मको हाल धमाधम छायांकन भइरहेको छ ।
धादिङको रुबी भ्याली र काठमाडौंमा खिचिएको फिल्मको ८० प्रतिसत छायांकन सकिएको र दसैं लगत्तै रुबी भ्यालीमा छायांकन थालिने निर्देशक बलले खुलाए । अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्ट र नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् । फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन् । निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरेका छन् भने संगीत अर्जुन पोखरेलको छ ।

प्रकाशित: १० आश्विन २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App