१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘पद्मावती’ विवाद

मुम्बई- महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे । अभिनेत्री दीपिका पादुकोणलाई दरबारका रानीको रूपमा प्रस्तुत गरिएको फष्र्टलुकले तारिफ पाइरहँदा एउटा समूह भने यसको विरोधमा उत्रिएको छ । पोस्टरमा असन्तुष्ट समूहले निर्देशक भन्सालीको विरोधमा नाराबाजी र पोस्टर जलाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्री राजपूत करणी सेना नामको एक समूहले यो फिल्मको सुटिङ समयदेखि नै विरोध गर्दै आएको थियो । गत शनिबार समूहले जयपुरमा फिल्मका विरुद्ध प्रदर्शनसमेत ग¥यो । समूहले जयपुरको राजमन्दिर सिनेमा हलबाहिर भन्सालीका विरुद्ध नाराबाजीसँगै फिल्मको पोष्टर पनि जलाएको थियो ।
‘जयपुरमा सुटिङको समयमा भन्सालीले राजपुत र इतिहासकारलाई फिल्म देखाउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि कसैले पनि हामीसँग न त सम्पर्क नै गरे, न त फिल्म नै देखाए,’ समूहका जयपुर जिल्लाध्यक्ष नारायण सिंह दिवरालाले भने, ‘श्री राजपूत करणी सेनाको कार्यसमिति र अन्य संस्थाहरूले पनि इतिहासकारलाई फिल्म देखाउनुपर्छ भन्ने माग गरिरहेका छन् । मिडियामार्फत् फिल्मले इतिहासको तोडमोड गरेको थाहा पायौं । हामी यस्तो काम कदापि हुन दिदैनौं ।’
वर्षको सुरुवातमा जयपुरमा फिल्मको सुटिङका समयमा समूहका सदस्यले भन्सालीमाथि हातपात गरेका थिए । उनीहरूले सुटिङ सेट पनि तोडफोड गरिदिएका थिए । तोडफोडमा संलग्नले पुस्तकमा कतै नलेखिएको अलाउद्दीन खिलजी भन्ने व्यक्तिलाई पद्मावतीको प्रेमीका रूपमा देखाएको भन्दै आक्रोशित भएका थिए ।
गत मार्चमा करणी सेनाका केही सदस्यले चित्तौडगढ किल्लामा रहेको पद्मिनी महलमा रहेको सिसा पनि फुटाइदिएका थिए । यो सिसामै अलाउद्दीन खिलजीले रानी पद्मावतीको रूपको दर्शन गरेको मानिन्छ । तर, सेनाले पद्मावती जुन कालखण्डमा आएका थिए, त्यसको धेरै वर्षपछि मात्र सिसाको खोजी भएको दाबी गर्दै आएको छ ।
फिल्ममा अभिनेता शाहिद कपुरले पदमावतीका पति राजा रावल रतन सिंहको भूमिका निभाएका छन् । अर्का अभिनेता रणवीर सिंहले अलाउद्दीन खिलजीको भूमिकामा छन् । फिल्म आगामी डिसेम्बर १ मा रिलिज हुँदैछ ।

प्रकाशित: १० आश्विन २०७४ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App