३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

मङ्गलबार, १० असोज २०७४, १० : ३० विष्णु बेल्वासे


काठमाडौं- नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

३० वर्षे सेवा अवधिको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको र लोक सेवा आयोगसँग रायसुझाव मागिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सोमबार नागरिकलाई बताए । ‘आइतबार बसेको सञ्चालक समिति बैठकले ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ,’ उनले भने, ‘सुझाव लिनका लागि लोकसेवा आयोगमा पठाएको छ ।

साथै, उक्त बैठकले ३० वर्षे सेवा अवधि हटाउँदा पर्ने प्रभाव न्यूनीकरणका लागि आवश्यक सुझाव पेस गर्न सञ्चालक समितिका सदस्य रामजी रेग्मीको नेतृत्वमा एक समिति गठन गरिएको छ । ‘३० वर्षे सेवा अवधि हटाउँदा नयाँ कर्मचारीको वृत्ति विकासमा न्यून असर पु¥याउने उपायको खोजी गरिनेछ,’ समितिका एक सदस्यले भने, ‘समितिको एकमात्रै उद्देश्य ३० वर्षे सेवा अवधि हटाउँदा पर्ने असरलाई कसरी कम गर्न सकिन्छ भन्ने नै हो ।’
३० वर्षे सेवा अवधि हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका साथै उक्त समितिले राष्ट्र बैंकको संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।
राष्ट्र बैंकको संरचनालाई संघीयता अनुसार परिमार्जन गरेर पनि कर्मचारीको वृत्ति विकासमा असर पर्न नदिने योजनासहित ३० वर्षे सेवा सीमा हटाइएको प्रवक्ता पौडेलले बताए ।
३० वर्षे सेवा अवधि सम्बन्धमा राष्ट्र बैंकले आधा दर्जनभन्दा बढी समिति गठन गरी अध्ययन गरिसकेको छ । ती सबैले ३० वर्षे सेवा अवधि खारेज गरेर ५८ वर्षे उमेर हद लागू गर्न सुझाव दिएका थिए ।  
२०६० सालअघिसम्म सेवा अवधिको व्यवस्था एकै कायम थियो । तर, सरकारले पा“च वर्षको लागि २०५७ सालमा ल्याएको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कारण केन्द्रीय बैंकका कर्मचारीको सेवा अवधिमा दोहोरो मापदण्ड अपनाइएको थियो ।

३० वर्षे सेवा अवधि हटाउन नहुने पक्षमा कर्मचारी संघ, संगठन उभिएका छन् । उनीहरुले ३० वर्षे कार्यकाल हटाउन नहुने बताउँदै आएका छन् । मंगलबार (आज) गभर्नर चिरञ्जीवी नेपाल र डेपुटी गभर्नरको कार्यकक्षमा धर्ना दिने कार्यक्रम रहेको कर्मचारी संघका एक प्रतिनिधिले बताए । ‘व्यवस्थापनले एकलौटी निर्णय गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, उनले भने, ‘कर्मचारीलाई पर्ने मर्काबारे बोल्ने र स्पष्ट धारणा राख्ने योजना स्वरुप मंगलबार धर्ना दिने कार्यक्रम रहेको छ ।’
मुलुकको केन्द्रीय बैंकभित्र कर्मचारीको सेवा अवधि कति राख्ने भन्ने विवाद सुरु भएको लामो समय भएको छ । नयाँ कर्मचारीले सेवा अवधि ३० वर्ष मात्र हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन् भने पुरानाको अडान ५८ वर्षमा अवकाश दिनुपर्छ भन्ने छ ।






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

समस्या बढाउने सञ्जाल

समस्या बढाउने सञ्जाल

केही अध्ययनले सोसल मिडियाको प्रयोग र डिप्रेसनबीच सम्बन्ध देखाएका छन् । केही अध्ययनले भने कसरी सोसल मिडियाले राम्रो गर्न सक्छ...

सोहेल खान काठमाडौंमा

सोहेल खान काठमाडौंमा

बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको...

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। ...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले प्रस्तुती दिएका छन् । ...