coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले उम्मेदवारी घोषणा

पोर्चुगल- एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले उम्मेदवारीको घोषणा गरेका छन्। गैर आवासीय नेपाली संघ पोर्चुगलको २०१७(२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना कार्यक्रममा सेढाईले उम्मेदवारी घोषणा गरेका हुन। 

११ वर्षदेखि युरोपमा बसोबास गदै आएका सेढाई एनआरएन एनसिसीदेखि आइसीसीसम्मको अनुभव रहेको छ। गैर आवासीय नेपाली संघ पोर्चुगलको सन २००८ देखि १० सम्म सचिव, सन २०१३ देखि १५ सम्म महासचिव हुँदै हालः गैरआवासीय नेपाली संघ आइसीसीको आर्थिक स्थायित्व समितिको सदस्यमा छन्। नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सचिवसमेत रहेका सेढाँईको एकदशक लामो एनआरएन भित्रको अनुभव छ।

युरोपको बेलायतपछि सबैभन्दा बढी आप्रवासी नेपालीहरुको बसोबास रहेको पोर्चुगलको प्रतिनिधित्व गर्दै उनले उम्मेदवारी दिएका हुन्। समग्रमा आप्रवासी नेपालीहरुको समस्या, उनीहरुको हकहित र अधिकार लगायतका बिषयमा विगतका धेरै वर्षदेखि सहकार्य गरिरहेका उनले थप नयाँ कार्ययोजनासहित उम्मेदवारी दिएका छन्।

युरोपमा रहेका आप्रवासी नेपालीहरुमा हुने मूलभुत समस्याको सम्बोधन अझैसम्म पनि हुन नसकेको अवस्थालाई बिशेषरुपमा ध्यान राख्दै यिनै समस्यालाई मुख्य मुद्दा बनाइ केन्द्र तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पोर्चुगलका नेपाली समाजमा लोकप्रिय सेढाँईले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोर्चुगलको सामाजिक, राजनीतिकतथा कार्य साथ साथै विभिन्न भाषिक समस्याप्रति उदाहरणीय भूमिका रहेका सेढाँईको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्त राम्रो दख्खल छ। युरोप उपसंयोजकमा मात्र अहिलेसम्म ६ जना बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रकाशित: ४ आश्विन २०७४ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App