१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

काठमाडौं— भरपर्दो वैकल्पिक राजनीति शक्तिको रुपमा हेरिएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने भएको छl चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु पाएको छ।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन्। निर्वाचनको लागि पार्टीले मूल नारा 'अबको आशा विवेकशील साझा' तय गरेको छ।

र्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन्। निर्वाचनको लागि पार्टीले मूल नारा 'अबको आशा विवेकशील साझा' तय गरेको छ।

पार्टीका तर्फबाट को-को, कहाँ-कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने सो पार्टीले जनाएको छ। नेपाल भित्र र नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई आउँदो निर्वाचनमा विवेकशील साझा पार्टीलाई सशक्त राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्न सो पार्टीले आग्रह गरेको छl

पार्टीका हालका केन्द्रीय सदस्यहरु रवीन्द्र मिश्र, उज्वल थापा, अब्दुस् मिया, अर्जुनसिंह ठकुरी, अजीता राई, अनुषा थापा, आशुतोष तिवारी, उमेद पुन, ओम प्रकाश अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा निर्वाचनका लागि परिचालन हुनेछन्।

यसैगरी गेहेन्द्र दाहाल, गोपी हमाल, गोविन्द नारायण तिमल्सिना, जीवन श्रेष्ठ, तारा काफ्ले, दिनेश प्रसाईँ, निरुपमा यादव, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, मिलन पाण्डे, मुमाराम खनाल, रन्जु दर्शना न्यौपाने, रमेश पौड्याल, रमेश महर्जन, राम शाह, रेशु अर्याल, विराज भक्त श्रेष्ठ, शशीविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार, सूर्यराज आचार्य, ज्ञानेन्द्र निरौला निर्वाचनका लागि परिचालन हुने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०७४ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App