८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीन शान्तिपूर्ण समाधान चाहन्छ

बेइजिङ – उत्तर कोरिया र अमेरिकाबीचको तनावको शान्तिपूर्ण समाधान चाहेको चीनले बताएको छ। प्योङयाङ र वासिङटनबीच उत्तर कोरियाले गरेको मिसाईल परीक्षणको विषयलाई लिएर स्थिती तनावपूर्ण बनेको छ।

उक्त स्थितीको शान्तिपूर्ण समाधानका लागि आफुहरु प्रयासरत रहेको चीनका विदेश मन्त्रालयका प्रवक्ता लु काङले बताए। प्रवक्ता काङले अमेरिकाले उत्तर कोरियामाथि युद्वको घोषणा गरेको भन्ने उत्तर कोरियाली विदेश मन्त्रालयको अभिव्यक्तिलाई जोडेका थिए।

अमेरिकी विदेश मन्त्रालयले भने उत्तर कोरियाको उक्त अभिव्यक्ति हास्यस्पद भएको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको आयु निक्कै नै छोटो समयको भएको बताउँदै एक सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए।

 ट्रम्पको ट्वीटको जवाफ दिदै उत्तर कोरियाली विदेश मन्त्री रि योङले अमेरिकी युद्व विमानहरू माथि गोली प्रहार गरि खसालिने चेतावनी दिएका थिए।  उनले अमेरिका आफैलै युद्वको घोषणा गरेको भन्दै यसमा जानकार हुनका लागि विश्वका अन्य मुलुकहरू माथि आग्रह समेत गरेका थिए।

उत्तर कोरियामाथि प्रतिकार गर्ने अधिकार रहेको समेत मन्त्री योङले बताए। उत्तर कोरियाली आकास बाहिर रहेका बम बर्षकहरूलाई समेत उत्तर कोरियाले गोली प्रहार गरि खसाल्ने समेत उनले बताए।

 

 

प्रकाशित: १० आश्विन २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App