७ वैशाख २०८१ शुक्रबार
समाज

दशैँ मनाउन बिस्थापित गाँउ फर्के

रसुवा— भूकम्पको कारण बिस्थापित भएर जिल्लाको बिभिन्न स्थानमा बसिरहेका हाकुका बिस्थापितहरू दशैँ मनाउन गाउँ फर्केका छन्। गाउँमा सुख्खा पहिरो झरेर २९ महिनाअघि बिस्थापित भएका उनीहरु दशैँ मनाउन गाउँ फर्किएका हुन्। 

हाकुबासी केही हाकुमा नै बसिरहेका छन् भने तीन सय भन्दा बढि घरधुरी जिल्ला सदरमुकाम धुन्चे, कालिकास्थान, बोगटीटार, खाल्टे, नौबिसे लगायतको क्षेत्रमा बसिरहेका छन्। 

शेषगरी जिल्लाको सदरमुकाम धुन्चेमा बसिरहेका ६० भन्दा बढी घरधुरी भन्दा गाउँ फर्किएका हुन्। हाकुबाट विस्थापित भएर जिल्लाको बिभिन्न स्थानमा बसिरहेका उनीहरु खेतीपाती लगाउन र चाडपर्व मनाउन गाउँ जाने गरेका छन्।

अनुदान सम्झौता नभएका कारण हाकुबासीले पक्की घर बनाउन सकेका छैनन्। कहिलेकाही गाउँ जाँदा बस्नका लागि अस्थायी टहरा बनाएका छन्। हाकुबेशीका उत्तम तामाङका अनुसार दुई वर्षदेखि निरन्तर दशैँ मान्न उनीहरु गाँउ पुग्ने गरेका छन्। 

भूकम्पपछि हाकुबासी एकै ठाउँमा बस्न सकेका छैनन्। वर्षमा एक पटक मात्र आफन्तसँग भेट हुने आशामा गाउँ जाने गरेको तामाङले बताए। 
भूकम्पले ढलेका घर बनाएकाहरु गाउँ गएका हाकुकी याङ्जेन तामाङले बताइन्। ‘गाउँमा घर बनाएका पीडित गाउँ फर्किएका भएपनि गाउँमा घर नबनाएकाहरु भने सदरमुकाममा नै दशैँ मान्ने योजनामा बसेका छन्’ उनले भनिन्। 

हाकुबासी केही हाकुमा नै बसिरहेका छन् भने तीन सय भन्दा बढि घरधुरी जिल्ला सदरमुकाम धुन्चे, कालिकास्थान, बोगटीटार, खाल्टे, नौबिसे लगायतको क्षेत्रमा बसिरहेका छन्। 

सरकारले बनाएको सामुहिक आवास तथा निजी जग्गा भाडामा लिएर बसिरहेका उनीहरुलाई गाउँ फर्कनका लागि पहल नहुँदा समस्या परेको पीडित बताउँछन्। सदरमुकाम धुन्चेमा बसिरहेका ८७ घरधुरीमध्ये २५ भन्दा बढि घरधुरी भने गत वर्ष नै गाँउ फर्किसकेका छन्। भूकम्पपछि गाउँमा अस्थायी रुपमा बसिरहेका पीडित १० महिना गाउँ बस्दैनन्। गाउँमा जाने मन भएपनि सरकारले उचित व्यवस्थापन नगरीदिँदा समस्या भएको हाकुकी पासाङबुटी तामाङले बताइन्। 

‘गाउँ फर्कनका लागि सरकारले सुरक्षित भएको प्रमाणित गरेर, अनुदान सम्झौता गर्न प¥यो’, उनले भनिन्। हाकुको वडा न २ देखि ९ सम्म अनुदान सम्झौता समेत भएको छैन। ती वडाका भूकम्प प्रभावितको जग्गा स्वयम्भु घ्याङ् गुठिको नाममा रहेको छ। 

 

प्रकाशित: १० आश्विन २०७४ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App