७ वैशाख २०८१ शुक्रबार
समाज

चुनावमा वाम एकताको पक्षमा छाैं

चितवन, असोज १० - कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्री एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा रहेको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा छुटाछुट्टै समयमा भएको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो समान धारणा राखेका हुन्  ।
‘आउँदो चुनावमा वापमन्थी तालमेल हुनुपर्छ । हामी तयार छौं,’ प्रेस चौतारी नेपाल चितवन शाखाले विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने । माओवादी तालमेलका लागि तयार हो भने वामपन्थीलाई प्रथामिकतामा राखेर तालमेलमा आउनुपर्ने उनले बताए । केन्द्रीय तहबाटै तालमेल गर्न औपचारिक पहल सुरु भएको उनले बताए ।
नेपालपछि विमानस्थल आएका माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तालमेलका विषयमा छलफल सुरु भएको स्वीकार गरे । ‘मेरो विषयमा भन्नु्हुन्छ भने म चितवन क्षेत्र नं. ३ मा एक्लै पनि चुनाव लड्न र जित्न सक्ने अवस्थामा छु । तर पनि तालमेलबाट हामी भाग्दैनौं । तालमेल हुन्छ,’ प्रेस सेन्टर नेपालले राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता दाहालले भने ।
‘एमाले र कांग्रेस दुवैसँग छलफल चलेको छ । निश्कर्ष केही आएको भने छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग तालमेल गर्ने हाम्रो नीतिगत निर्णय भइसकेको छ । सत्तारुढ वा वामपन्थी गठबन्धन बन्न पनि सक्छ,’ दाहालले भने ।

प्रकाशित: ११ आश्विन २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App