coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

महंगो फिल्ममा दिशा

मुम्बई, असोज १० (एजेन्सी)– भारतमा विशेषतः तमिल भाषामा महंगो बजेटमा फिल्म बनाउने एक किसिमको प्रतिस्पर्धा नै चल्छ । यस्तो प्रतिस्पर्धात्मक फिल्ममा कसले अभिनय गर्लान् भन्ने चर्चा पनि उत्तिकै हुन्छ । केही समय अघि तमिल ऐतिहासिक फिल्म ‘संघमित्रा’का लागि कमल हसन पुत्री श्रुति फाइनल भएको खबर सार्वजनिक भएको थियो । तर अहिले श्रुतिको स्थानमा अभिनेत्री दिशा पटानी अनुबन्धित भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि दिशाले निर्माण कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छन् । फिल्म निर्माण कम्पनीले यो विषयमा केही नबताए पनि निर्माताले भने चाँडै पत्रकारमाझ यो समाचार सार्वजनिक गर्ने बताएका छन् । फिल्मको निर्देशन सुन्दर सीले गर्नेछन् भने निर्माण श्री थेनान्डल फिल्म्स् कम्पनीले गर्नेछ । फिल्म तेलुगू र हिन्दी भाषामा बन्नेछ ।
निर्देशक सुन्दरका अनुसार हिन्दी संस्करणमा छुट्टै कलाकार हुनेछन् । ‘हिन्दी भर्सनमा अन्य कलाकार राखिने भएपछि त्यसमा को को हुनेछन् भन्ने अहिलेसम्म फाइनल भइसकेको छैन । यसको प्रक्रियामा समय लाग्नेछ,’ उनले भने ।
झण्डै १ सय ५० करोडको लगानीमा बन्ने फिल्ममा जयम रवि र आर्याको पनि अभिनय रहनेछ । फिल्ममा ए.आर. रहमानले संगीत भर्नेछन् । ‘यो एक निकै महत्वकांक्षी फिल्म हो । ६ महिना पहिला जब मैले फिल्मको बारेमा केबल ३० मिनेट मात्र कुरा सुने । त्यो सुनाई नै फिल्ममा आबद्ध हुनका लागि मेरा लागि अवसर थियो,’ उनले भनेका छन् ।

प्रकाशित: ११ आश्विन २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App