७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजविराजमा राजपा विजयी

राजविराज, असोज ११ – सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजय भएको छ। राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७ सय ५९ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १ सय ९५ मत प्राप्त गरेर विजयी भइन्। उनकी प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले चार हजार २ सय ६९ मत प्राप्त गरेकी थिइन्। 

प्रकाशित: ११ आश्विन २०७४ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App