७ वैशाख २०८१ शुक्रबार
ब्लग

बिर्खबहादुरको एट्लस साइकल

छोरीलाई साइकलमा डोर्‍याउँदै बिर्खबहादुर लिम्बू। तस्विरः रमेशकुमार

बिहान घाम झुल्कन नपाउँदै धरानबाट हिँडेको अरुण तरेर भोजपुरको प्याउली पुग्दा दिउँसोको दुई बजीसकेको थियो। हामी चढेको गाडी त्यहाँभन्दा अगाडि जाँदैन थियो। ग्राभेल बिच्छ्याइएको त्यो बाटो सदरमुकाम भोजपुर नै पुग्दो रहेछ। यो मध्यपहाडी राजमार्गकै खण्ड हो। तर हामी सदरमुकाम जाँदै थिएनौं । त्यसैले पहाडी यात्राका लागि निकै भरपर्दो मानिएको ल्याण्डरोभर जीप हामीले छाड्नु पर्‍यो।

सानो ठाउँ प्याउली बजार भन्न मिल्ने खालको भने थियो। पक्की घरहरुमा दुई चारवटा होटल लजहरु देखिए। त्यही भेटिएका साथी शेखर भट्टराईले हामीलाई मुल बाटोभन्दा केही भित्र छिराए। एउटा पुरानो–पुरानो दुई पाखे घरमा हामी अडियौं। ‘अबमाथि उक्लनुस् । आज खाने सुत्ने यही हो’ शेखर जीले यसो भनेपछि हामी साँधुरो भर्‍याङ उक्लिएर अध्यारो कोठामा आफ्ना सामानाहरु राख्यौं।

पसलको भित्तामा दुई तीनवटा कागज टाँसिएका थिए। एउटा त्यहाँको अरुण गाउँपालिकाको सूचना रहेछ। एनजीओहरुलाई स्थानीय तहमा समन्वय गर्न आउ भनिएको थियो।  एउटा अर्को कागजमा आँखा गयो। जसकोे दाहिने तर्फबाट लगभग एक चौथाई भाग च्यातिएको थियो। तर लेखेका कुरा पढ्न मिल्थ्यो।

पर्यटकीय क्षेत्र तिर होमस्टे भन्छन् त्यस्ता घरहरुलाई। तर विमल क्षेत्री निरौलाको सो घर घोषणा नै नगरिए पनि सुविधाका हिसाबले होमस्टे नै थियो। सफा बिछ्यौना, मिठो खाना। साँघुरो भर्‍याङ उक्लँदा र अँध्यारो कोठा पस्दा अलि कस्तो कस्तो नलागेको हैन तर निरौला परिवारको सत्कारले हामी फुरुङ्ग भयौं। साँझ खाना खादा नै भोलि बिहानका लागि नास्ता तयार गर्दिन भन्यौं । सबैले सुक्खा रोटी खान मन गर्‍यौं तर घरबेटी भाउँजुले ‘यत्रा जनालाई त पकाउन सक्दिन भो’ भनिन्।

हामीले ‘दुईवटा भन्दा खाँदैनौं, छ जना छौं, १२ वटा रोटी पकाउन  के गाह्रो पर्ला र’ भनेपछि भाउजुले ‘दुईवटा के तीन तीनका दरले पकाउन त भ्याइहाल्छु। भकाभक धेरै नै खाने पो हो कि भने र पो हो’ भन्दै सुक्का रोटी बनाउन तयार भइन्। बिहान उज्यालो हुन नपाउँदै भाउजुले रोटी पकाउने तयारी सुरु गर्नु भयो। धनकुटाबाट आएका दुईवटा बस प्याउलीमा साँझ बास बसेका थिए। ती मध्ये कुनै एउटमा चढेर हामी तल लेगुवा झर्नु थियो। लेगुवाबाट उही ल्याण्डरोभरमा संखुवासभा सदरमुकाम खाँदबारी पुग्ने हाम्रो त्यस दिनको कार्यक्रम थियो।

प्याउलीमा बास बसेको एउटा बस बिहान अलि चाडै हिँड्दो रहेछ। अर्को बस सदरमुकामबाट पहिलो बस आएपछि मात्रै बाटो लाग्न पाउने नियम रहेछ। आठ बजेयता सदरमुकामको बस नआउने स्थानीयले बताए। भाउजुली चाँडै नै रोटी तयार गर्नुभयो। जति चाँडो गरे पनि पहिलो बस चढ्न सकिएन, हिँडिहाल्यो। दोस्रो बस केही बेरपछि मात्रै जाँदै थियो। त्यसैले रोटी खाएपछि हामी त्यतै बरालियौं। पसलहरु खुली सकेका थिएनन्। स्कुल आडका पसल स्कुल खुलेपछि मात्रै खुल्ने रे। पसलको भित्तामा दुई तीनवटा कागज टाँसिएका थिए। एउटा त्यहाँको अरुण गाउँपालिकाको सूचना रहेछ। एनजीओहरुलाई स्थानीय तहमा समन्वय गर्न आउ भनिएको थियो।  एउटा अर्को कागजमा आँखा गयो। जसकोे दाहिने तर्फबाट लगभग एक चौथाई भाग च्यातिएको थियो। तर लेखेका कुरा पढ्न मिल्थ्यो।

त्यो कागजको विषयवस्तु पढेपछि पो हामी झस्ल्याङ्ग भयौं। ओ हो हामीले त एउटा असामान्य घटना भएको गाउँमा पो रात बिताएका रहेछौं। देशमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहौल तातेको थियो। एकाएक भोजपुरबाट आएको एउटा भयङ्कर खबरले सबैको ध्यान तानेको थियो। असार १० गतेदेखि हराइ रहेका १६ वर्षका रञ्जिब सापकोटो, १४ वर्षकी सुष्मा फुँयाल र आठ वर्षका प्रदिप फुयाँल असार १२ गते बिहान स्थानीय पोखरीमा मृत भेटिए। गाउँलेहरुले आशंका गरे यो हत्या हो।

चुनाबको समय भएका कारण गाउँमा प्रशस्तै सुरक्षाकर्मी थिए। नेपाल प्रहरीले म्यादी प्रहरीसहितको टोली खटाएको थियो। सेनाको सशस्त्रको टोली पनि थियो। सुरक्षा प्रवन्ध कडा भएको समयमा गाउँका बालबच्चा हराए। भेटिँदा मृत थिए। के भएको हो लामो समयसम्म कसैले ठोकुवा गर्न सकेन। पछि पोष्टमार्टम रिपोर्ट आयो रे घाँटीमा चुइगम अड्कदा मृत्यु भएको देखिन्छ भनेर। तर गाउँलेहरुले यसलाई पत्याएका छैनन्। उनीहरुले हत्या नै मानेर बसेका छन्। हो यही घटना भएको गाउँ प्याउलीमा पो रहेछौं हामी।

गाडीले नकुर्ने भएपछि कुरालाई बिट मार्नै पर्‍यो। बिर्खबहादुरसँग लामो कुरा गर्नै पाइएन। साच्चै उनले माओवादीको टिसर्ट मात्रै लगाएका हुन कि पार्टीसँग त्योभन्दा लामो सम्बन्ध पनि थियो भन्ने प्रसंगसमेत उप्काउन पाइएन।

कागजमा लेखिएको थियो ‘घटनाको ४३ दिन बित्यो तर अपराधी पत्ता लागेन । अब साउन २६ गतेबाट हामी कडा आन्दोलन गर्ने छौं ।’ हामीले भदौ २३ गते बिहान सो सूचना पढ्दै थियौं। तर अवस्था उस्तै थियो । गाउँलेहरु भन्थे ‘हाम्रा नानीबाबुहरु मारिए तर अपराधि पत्ता लागेन।’ प्याउलीका गाउँलेहरुले आन्दोलन पनि गरेका रहेछन्। संसदहरुले संसदमा नबोलेका होइनन्। राष्ट्रपतिले समेत चासो दिएको घटना हो यो। तर मृत्युको कारक चुइगमलाई बनाइयो । जसलाई गाउँलेहरु विश्वासै गरिरहेका थिएनन्।

‘यत्रो घटना भएको छ । तर सरकार चुइगमले पो मार्‍यो भन्छ’ एकजना स्थानीयले अलि सानो स्वरमा भने। उनको हाउभाउले संकेत गर्दथ्यो भएको के हो भन्ने सबैलाई थाहा छ तर यही भएको हो भनेर ठोकुवा गर्न सबै डराएका छन्। अर्का एकजना महिला अलि कड्केर बोलिन ‘जसले भने भनोस तर भन्दैमा पत्याइदैन । चुइगम अड्केर उनीहरु मेरकै होइनन् ।’

बसले हर्न लगायो। अब हामी धेरै बेर अडिन असमर्थ थियौं । त्यसैले बाटो लाग्यौं। ‘टिकट नकाटी कोही नछिर्ला’ बसको ढोकैमा बसेको युवले उर्दी लगायो। केहीले आनाकानी गरे। केहीले सरासर टिकट काटे। पौने नौ हुँदा नहुँदै सदरमुकामबाट हुत्तिदै बस आइ पुग्यो। हामी बसेको गाडी पनि स्टार्ट भयो। अघि लौ टिकट काट भन्ने युवक बसभित्र छिरेर फेरि भन्न थाल्यो ‘लौ अब उ त्यो बसमा चढ्ने झर्नु झर्नु।’ हामीलाई उदेक लाग्यो। के हो पारा, पूरै उसकै अरन खटन। ओल्लो पल्लो सिटमा बसेका भुक्तभोगी स्थानीयले भने ‘गाउँको यातायात यस्तै हो। चुप लागेर बस्नुस्। झर्न पर्दैन।’ हामी झरेनौं, बस कुद्यो। बस गुडेको हैन कुदेकै हो। अलि अलि हो र बेतोडले कुद्यो।

सदरमुकामको बस नआइ गुड्न नपाउने र आएपछि उसलाई उछिन्न जति पनि कुद्न पाउने नियम पो रहेछ त्यहाँ। साँधुरो बाटोमा मोडै मोड। समथर क्षेत्रमा होइन डाँडाको टाकुरामा गुड्ने हो बस। यस्तो बाटोमा तीब्र गति हानिकारक हो तर उछिन्ने होडमा चालकले आँखा चिम्लेर गाडी उडाउँदा पो रहेछन्।

यसरी दौडदा उनीहरुलाई हुने फाइदा भनेको अगाडी बसेर गाडी पर्खेका एकाधलाई चढाउन पाउने अवसर मात्रै हो। तर यसका लागि उनीहरुले बसमा बसी सकेका १५-२० जनाको ज्यानलाई जोखिममा पारेका थिए। मोडमा थोरै गल्ती भयो कि गाडी सिधै सय डेढ सय मिटर तल पुग्ने खतरा छ। हाम्रो मुटुले ठाउँ छाड्यो, मोड आयो कि राम राम भन्यौ। अरुण नदीमाथिको लेगुवा अगाडी पुगेपछि बल्ल ढुक्क भयो। त्यो बसलाई हामीले लेगुवामा नै छाड्दै थियौं।  

अरुण नदीको पुल तर्दै गर्दा साइकल चलाउँदै गरेका एकजना पाका व्यक्ति देखिए। उनले साइकलको अगाडी एकजना सानी नानीलाई राखेका थिए। ती नानी स्कुले पोशाकमा थिइन्। कुनै पाको व्यक्ति साइकलमा सानी बालिकालाई राखेर स्कुल लैजाँदै थिए। ‘एउटा फोटो त खिच्नै पर्छ’ मेरो मनले यही भन्यो। बसबाट ओर्लेर हत्त न पत्त झोलाबाट क्यामेरा निकालेर म उनको फोटो खिच्न पुलतर्फ दौडिए। पुलको मुखमा अलि उकालो छ। ती व्यक्ति उकालोमा ओर्लेर एट्लस साइकल डोराउँदै रहेछन्। हिरोसँग प्रतिस्पर्धा गर्ने अर्को भारतीय कम्पनी एट्लसको यो साइकल नेपालका पहाडमा चल्न थालेको रहेछ। 

मैले टाढाबाट जुम गरेर र नजिकैबाट पनि फोटोहरु खिँचे। माओवादी केन्द्रले चुनावमा बाँडेको सेतो टि सर्ट लगाएका ती व्यक्तिले आफ्नो नाम बिर्खबहादुर लिम्बु भएको बताए। सोते सर्ट र सेतै फ्रक लगाएकी सानी नानी छोरी रहिछन् । जसको नाम धिमा रहेछ। स्कुल जान हतार थियो। धेरै बोल्नै पाइएन। बसले एक घण्टा भन्दा बढी समय लगाउला भनेको ४५ मिनेटमै लगुवा पुर्‍यायो। उछिन्ने होडले चाँडो आइयो। उता संखुवासभा जान हिलेबाट हिँडेको ल्याण्डरोभर आएकै थिएन। त्यसैले हामी लेगुवामा टहलिन थाल्यौं।

उछिन्ने होडले चाँडो आइयो। उता संखुवासभा जान हिलेबाट हिँडेको ल्याण्डरोभर आएकै थिएन। त्यसैले हामी लेगुवामा टहलिन थाल्यौं।

बिर्खबहादुर फेरि भेटिए। यो पटक उनी पैदल हिँड्दै थिए। पछाडि पछाडि एकजना महिला थिइन्। दुईजनाको उमेरमा राम्रै फरक देखिन्थ्यो तर बिर्खबहादुरले भने ‘उ मेरी श्रीमती।’ ती महिलाको दुवै हातको हत्केला थिएनन्। बिर्खबहादुरले उही गोलाकारभित्र हसियाँ हथौडा रहेको चुनावी सेतो टिसर्ट लगाएका थिए। ‘हैन यी माओवादीमा युद्धकालदेखि नै संलग्न पो थिए कि। ती महिलाको हत्केला कुनै विष्फोटको सिकार पो भयो कि’ मेरो मनमा खुल्दुलु चल्यो ।

सिधै कुरा सुरु गर्न भएन ‘बिहान छोरीलाई स्कुल पुर्‍याउनु भयो ती छोरी कतिमा पढ्ने हो नि’ भनेर सोधेको उनले ‘नर्सरी’ भने। अहिले कता जाँदै भनेको उनले दिक्क मान्दै भने ‘हेर्नुस अब दशैँ आयो नि। दशैं कि दशा भन्ने हो। त्यसेको तयारीमा लाग्नु पर्‍यो। किनमेलका लागि पैसाको जोगाड गर्नु पर्छ। त्यसैले काम खोज्न हिले हिँडेको।’ उनीसँग यति कुरा हिँड्दा हिँड्दै गरियो। तर हिलेबाट हिँडेको हामी संखुवासभा जाने ल्याण्डरोभर त्यही बेला आइपुग्यो । त्यो रिजर्भ गाडी थिएन। हामीसँगै अरु टनाटन यात्रु थिए। गाडीले नकुर्ने भएपछि कुरालाई बिट मार्नै पर्‍यो। बिर्खबहादुरसँग लामो कुरा गर्नै पाइएन। साच्चै उनले माओवादीको टिसर्ट मात्रै लगाएका हुन कि पार्टीसँग त्योभन्दा लामो सम्बन्ध पनि थियो भन्ने प्रसंगसमेत उप्काउन पाइएन।

साँझ संखुवासभा पुगेपछि क्यामेरामा बिर्खबहादुरको फोटो हेरेको साइकलमा बाबु तिर ढल्केकी उनकी छोरीलाई देख्दा लाग्यो यी दुईबीच गहिरो लगाब छ। बिर्खबहादुरको वात्सल्य छल्कि रहेको थियो। माउ कुखुराले चल्ला डुलाए झै लाग्यो फोटो हेर्दा। अनि प्याउली सम्झिए त्यहाँका चल्लालाई कुनै चीलले लगेको अवस्था थियो। त्यस्तो चील पिन्जडामा पुगोस र गाउँ सुरक्षित होस भन्ने गाउँलेहरुको चाहना पूरा हुने हो कि होइन? फेरि एक पटक चिन्ता लाग्यो।

पत्रकार रमेशकुमार पाैडेल नागरिकन्युजका चितवन संवाददाता हुन्।

प्रकाशित: १२ आश्विन २०७४ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App