coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायक बासुदेव मुनालको निधन

काठमाडौँ, असोज १२ –  गायक बासुदेव मुनालको बिहीबार साँझ भक्तपुर क्यान्सरमा उपचारको क्रममा निधन भएको छ ।  ६८ वर्षीय गायक मुनाल  घाँटीको क्यान्सरबाट पीडित थिए । ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’ र ‘झमझम इष्टकोट’ लगायय गीतमा स्वर दिइसकेका गायक मुनाल चार दशकदे रेडियो नेपालमा आवद्ध थिए । 
रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम संञ्चालक गायक मुनाल गत आइतबार उपचारको लागि भक्तपुर क्यासर अस्पताल भर्ना गरिएका थिए । 
‘उनलाई घाँटीको क्यान्सर भएको हुँदा उपचारको लागि गत आइतबार अस्पताल भर्ना भएका थिए,’अस्पतालका रेडियसन अन्कोलोजिस्ट डा. उज्जवल चालिसे भने । करिब १५ दिन कोमाको अवस्थामा पुगेका मुनाललाई क्यान्सर भएको केही हप्ताअघि मात्रै थाहा भएको छोरा मोहित मुनालले जानकारी दिए। छोरा मोहितका अनुसार मुनालले एकसय ५० वटा आधुनिक गीत, एकसय २० लोकगीत र ११ वटा राष्ट्रिय गीत गाएका छन्।

प्रकाशित: १२ आश्विन २०७४ १६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App