८ वैशाख २०८१ शनिबार
अर्थ

अक्टोबर १ देखि खुम्बुका मजदूरले भारी नबोक्ने

सोलुखुम्बु— अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन्।

यस अघि टानले अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर सघं, नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एलाइन्स मजदुर युनियन, अखिल नेपाल पर्यटन मजदुर सघं, नेपाल पर्यटन श्रमिक सघं गरी ४ वटै मजदुर युनियनसग मजदुर हितका विषयमा रही १३ बुदे सम्झौंता गरेको थियो । सम्झौंतामा तलब भत्ता बृद्धि, मजदुर कल्याणकोष स्थापना, मजदुर परिचय पत्र, दुर्घटना बिमा, भारीको तौल, छात्रावृत्ति लगायतका मागहरु यथासिध्र सम्बोधन गरिने भनीए पनि कार्यान्वयनमा नल्याएको भन्दै आफुहरु बाध्य भएर भारी नबोक्ने निर्णय गरेको पर्यटन मजदुरहरुले बताएका छन्।

सम्झौता अनुसार खुम्बु क्षेत्रका मजदुरहरुको ज्याला ३० प्रतिशत वृद्धि गर्नुपर्ने हुन्थ्यो। बृद्धि गर्ने सम्झौता गरिए पनि कार्यान्वयनमा नआएकाले अक्टोवर १ देखि भारी नबोक्ने निर्णय गरिएको संगठनका केन्द्रिय उपाध्यक्ष नाम्गेल शेर्पाले बताए। शेर्पा भन्छन,‘सम्झौंता भएका विषयहरु सम्बोधन गराउन अखिल नेपाल पर्यटन मजदुर संगठन ट्रेड युनियन महासघंका तर्फबाट ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल टानलाई १५ दिने अल्टीमेटम दिइएको  छ।’

यो बर्षको सिजन शुरु भइसकेको अवस्थामा ट्रेकिङ एजेन्सीहरु एवं टानले ज्याला सम्बन्धमा परिपत्र नगरेकाले पुरानै ज्यालामा मजदुरले पर्यटकको भारी बोक्दै आएका छन्। केन्द्रिय उपाध्यक्ष शेर्पाका अनुसार टानले सम्झौता कार्यान्वयनमा आनाकानी गरेकाले मजदुरले भारी नबोक्ने निर्णय गरेका हुन्। पर्यटकको भारी बोक्नमा प्रयोग गरिने जोक्पे समेत प्रयोग बन्द गरिने निर्णय गरिएको छ।

तर पर्यटकलाई कुनै पनि किसिमबाट अबरोध नगर्ने माओबादी केन्द्र निकट मजदुर संगठनले जनाएको छ। पर्यटकको भारी बोकेवापत् पाउने दैनिक ज्याला एक हजार २५० हो । उनीहरुले दैनिक ज्याला कम भएको भन्दै आन्दोलन गरेपछि टानले गत बर्ष ज्याला वृद्धि गर्न सहमति जनाएको थियो।

प्रकाशित: १४ आश्विन २०७४ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App