बिग्रिएकी केटी (कथा)

शनिबार, १४ असोज २०७४, १५ : ०३ पोस्तक श्रेष्ठ


मिनियापलिस डाउनटाउनको टार्गेटफिल्ड स्टेशन। ट्रेनबाट ओर्लिएर बाहिर निस्किन थालेको थिँए, एकजना युवती मतिर बढिन्। रुपरंग ल्याटिन अमेरिकी जस्ती वा हुनसक्छ उनी भारतीय वा नेपाली नै हुन्।

'कृपया मलाई मद्दत गर्नूस् न, मलाई टिकटको लागि एक डलर पुगेन। ‘मल अफ अमेरिका’ सम्म जानु थियो।'

उनको अंग्रेजी शुद्ध अमेरिकी लवजको थियो। यहीँ जन्मिएको वा हुर्किएकी हुनुपर्छ! यसरी बस-बिसौनी, ट्रेन-स्टेशन, ग्यास-स्टेशन (पेट्रोल पम्प) तिर खुद्रा पैसा माग्नेहरु अक्सर भेटिन्छन्। धेरै जसो ठगहरु, नसाको कुलतमा परेका, दूर्ब्यसनीहरु हुन्छन्। ती युवतीलाई एक छिन नियालेर हेरेँ। राम्री थिइन्। हिस्सी परेकी। बान्की परेको शरीर। तीन दशक वरिपरिको उमेर हुनुपर्छ। उनको पहिरन, ब्यक्तित्व, शारीरिक भावभङगीमा ठग वा दूर्ब्यसनी जस्तो लागेन। एक डलरको लागि किन कसैको बारे धारणा बनाउनू? गोजीबाट पर्स निकालेँ। प्रायः मेरो पर्समा नगद हुन्न। क्रेडिट कार्डबाटै चल्ने देश न पर्‍यो अमेरिका। उनको भाग्य, पर्समा एक डलर रहेछ; दिएँ।

'मलाई थाहा छ, तिमी मेरोबारे के सोच्छौ भनेर। कस्ती सोमत नभएकी केटी भन्ने सोचेको हो? केही छैन सबै मलाई बिग्रिएकी केटी नै मान्छन्। मलाई केही परक पर्दैन।' उनको अनुहारको रङ्ग अलि उड्यो।

'धेरै धन्यवाद, आभारी भएँ', उनले मस्कुराउँदै नोट च्यापिन्।

म अघि बढें। गेटबाट बाहिर निस्कदै गर्दा किन हो, एकचोटी फर्केर ती युवतीलाई हेर्न मन लाग्यो। उनी फर्केर हेर्न लायककै जो थिईन्। उनी त अर्को मानिससँग पो कुरा गर्न थालिसकेकी रहिछन्। अवश्य नै, पैसा माग्दै थिइन्, किन भने त्यो मान्छे पर्सबाट पैसा निकाल्दै थियो। म बिस्मित भएँ। उनको स्वरूप, भावभङगीमा हेरेर उनीबारे जुन धारणा बनाएको थिँए, एकछिन पनि टिकेन। गर्ल्यामगुर्लुम्मै ढल्यो। रिस भने उठेन। बैंशालु राम्रीहरुप्रति रिस पनि नउठ्ने रहेछ कि क्या हो। आफैँप्रति हाँसो चाँहि उठ्यो, कति सजिलै उल्लु भएँ भनेर। अर्को मान्छे पनि उल्लु बन्दै थियो।

त्यसको सायद एक हप्ता पछि होला। शुक्रबारको दिन थियो। अफिस छिट्टै नै खाली भयो। म निस्किएँ। गृष्म ऋतुको महिना। निलो आकाश। चहकिलो सूर्य, उष्णता त्यतिकै। यही गृष्म ऋतु न हो, मिनीसोटामा मान्छेहरु सडक- बजारमा देखिने, चहलपहल हुने। जाडो शुरु भए पछि यहाँ गाडीहरु मात्र देखिन्छन्। मान्छेहरु हराउँछन।

यो शहर निर्जन बन्न पुग्छ। ट्रेन स्टेशनतिर जाँदै गर्दा 'किरन्स आईरिश पव' को पेटीमा मान्छेहरु भरीभराउ देखेँ। टन्न खाई-पिई गरिरहेका, गफिईरहेका। मेरो पनि मन लोभियो। यति चाँडै अपार्टमेन्ट गएर गर्नू पनि के छ र, एक्लो मान्छे। पव भित्र छिरेँ। वेट्रेसले लगेर दुई सीट भएको खाली टेबलमा राखिन्।

'तँपाइलाई के ल्याइदिऊँ?' वेट्रसको प्रश्न।

'एउटा ड्राफ्ट बियर र यो खाली कूर्चीमा एउटी तरुनी केटी।' वेट्रेससँग मैले रमाइलो गर्न खोजेँ। उनी हाँस्दै गईन्।

म खासै पिउन सौखिन मान्छे त होइन तर कहिलेकाँही माहौलले लोभ्याउँछ। भित्तामा बडेमानको स्क्रीन थियो। ‘मिनीसोटा भाइकिंग’ र ‘ सियटल सी हक्स’ को खेल भइरहेको रहेछ। एकछिन हेरेँ तर खासै रुचि लागेन। मेरा नजर पव भित्रको वातावरण विचरण गर्दै थिए। माहौल उन्मुक्त थियो। मान्छेहरु वार्तालापमा मस्त थिए। खानपिनमा रमाइरहेका थिए। एउटी युवतीसम्म पुगेर मेरा नजर टक्क अडिए। कतै देखेको जस्तो लाग्यो। सम्झिने प्रयास गरेँ। हत्तेरी… उनी त त्यही ट्रेन स्टेशनमा मलाई उल्लु बनाउने पो रहिछन्। उनलाई देखेर मनमनै फेरि हाँसो उठ्यो। उनीसँग कुरा गर्न मन त्यसै लालायित भयो। जुरुक्क उठेँ। उनीतिर बढेँ। उनको एउटा हातमा ग्लास थियो र अर्को हातमा चुरोट।

'सुन न, मलाई एउटा ड्रिङ्क किन्न एक डलर पुगेन, तिमी सँग छ कि?'

युवती एकछिन अक्क न बक्क भइन्। उनको निधारमा गाँठा पर्‍यो।

'तिमी सायद ठट्टा गर्दै छौ। कोही पनि ड्रिंकको लागि पैसा माग्दैनन्।'

'त्यस्तै हो, कोही ट्रेन चढ्न पैसा माग्छन्, कोही पिउनको लागि।' मैले कटाक्ष गरेँ।

उनी एकछिन सोचमा परिन्। आँखा चहकिला भएको देखियो।

हा….हा…हा…. उनी यसरी हाँसिन् वरिपरिकाहरुको ध्यानै आफूतिर खिच्नेगरी

'मैले बुझेँ। तिमी पक्कै पनि मैले उल्लु बनाएको धेरै मान्छेमध्ये एक हुनु पर्छ। चिन्ता नमान, आज मैले धेरै जम्मा गरेको छु, के पिउँछौ?' उनको अनुहारमा एक किञ्चित पनि लाजको छनक थिएन। मानौ यो एउटा सामान्य कुरा हो।

'होइन, मैले अर्डर गरिसकेको छु। तिमीलाई देखें र त्यसै खिचिएँ।' मैले स्थितिलाई सहज बनाउने प्रयास गरेँ।

'तिम्रो स्मरणशक्ति तीक्ष्ण रहेछ। कसरी मलाई चिन्न सकेको!' नजिकैको स्टूल मतिर धकेलिन् र बस्न संकेत गरिन्। 'खैर, मेरो नाम आभा हो है', उनले हात मतिर बढाइन्। मैले पनि हात बढाएँ।

'म चाँहि आभास। तिम्रो नामको पछाडी मात्र एउटा 'एस' थपिदिए पुग्छ।'

'कस्तो संयोग है।' उनले कक्टेलको ग्लास मेरो बियरको ग्लाससँग जुधाइन्।

'आभा नाम त संस्कृत शब्द हो, भारत र नेपालतिर यस्तो नाम हुन्छ। तिम्रो नाम कसरी आभा भयो?" मैले सोधेँ।

'मेरा बाबा-आमाहरु नेपालबाटै आउनुभएको हो। म चाँहि यहीँ जन्मेकी। तिमी पनि नेपाली हौ कि क्या हो?'

'त्यस्तो लागेन र? कस्ती हुस्सु!

'हत्तेरीका, नेपालीहरुलाई सकेसम्म नठगूँ भनेको, तिमी कसरी परेछौ। मैले त तिमीलाई मेक्सिकन भन्ने ठानिरहेको!' उनी बेपरवाह हाँसिन्। सरल हाँसो। निश्छल!

उनलाई एकछिन हेरिरहेँ। उनी हाँस्दा अनुहारको आभा झन खुलेको लाग्यो।

'यस्ती राम्री केटी पनि ठग हुन सक्छे?', एउटा मनले भन्यो। ट्रेन स्टेशनमा मान्छेलाई उल्लु बनाएर पैसा जम्मा गर्न सक्छे? अनि बारमा बसेर रक्सीमा उडाउन सक्छे? यो निकै रहस्यमयी केटी हो।

'मलाई थाहा छ, तिमी मेरोबारे के सोच्छौ भनेर। कस्ती सोमत नभएकी केटी भन्ने सोचेको हो? केही छैन सबै मलाई बिग्रिएकी केटी नै मान्छन्। मलाई केही परक पर्दैन।' उनको अनुहारको रङ्ग अलि उड्यो।

'होइन, कस्तो स्मार्ट रहेछौ भनेर सोच्दै छु', म कुटनीतिक हुन खोजेँ।

उनी हाँसिन्।

'मेरो संगत गर। तिमी पनि स्मार्ट हुन्छौ।' उनले एउटा आँखा झिम्काइन्।

उनीसँग केही हल्काफूल्का कुरा भयो। हाँसो-ठट्टा भयो। उनीसँग नेपालीमै केही कुरा गरेँ। उनको नेपाली हाँसो उठ्दो थियो। उल्टोपाल्टो बोल्दै थिइन्। भोलीलाई हिजो भन्थिन्। अस्ती लाई पर्सी। कहिले हजुर त कहिले तिमी भन्थिन् । कहिले त तँ मै झर्थिन्। उनलाइ सायद कतै जानु थियो। निस्कने तर्खर गर्न थालिन्। मैले नाई-नाई भन्दा भन्दै उनले मेरो बियरको पैसा समेत तिरिदिइन्।

'हत्तेरीका, नेपालीहरुलाई सकेसम्म नठगूँ भनेको, तिमी कसरी परेछौ। मैले त तिमीलाई मेक्सिकन भन्ने ठानिरहेको!' उनी बेपरवाह हाँसिन्। सरल हाँसो। निश्छल।

'ल फच्छे भयो है, अबदेखि मेरो सामुन्ने नपर्नू नि। फेरि चार्ज गर्नु नपरोस्।'

फर्किने बेलामा ट्रेनको यात्राभरि आभाको बारेमा सोचिरहेँ। धेरै भएको थियो, यसरी मनमा कुरा खेल्न छोडेको, विशेषगरी कुनै युवतीको बारेमा। भइदियो के भने सँगै बियर पिएको लामो समय उनी गायब भइन्। ट्रेन स्टेशन, इरिस पब कतैतिर पनि देखिइनन्। सायद उनले आफ्मो कर्म थलो परिवर्तन गरिन् कि? उनीसँगको अघिल्लो दुई भेटको मन्द यादले मेरो दिमागमा फन्का लगाइरह्यो।

एकदिन एप्पल भ्यालीको एउटा ग्यास-स्टेशनमा उनलाई अकस्मात देखेँ। मेरो अघिल्लो पट्टिको पिक-अप ट्रकको चालकसँग कुरा उनी कुराकानी गर्दै थिइन्। हातमा एउटा ‘ग्यास क्यान’ थियो। ध्यान दिएर उनको कुरा सुने। 'आज मैले पर्स ल्याउन बिर्सेछु। मेरो गाडीमा ग्यास सकियो। कृपया, मलाई मद्दत गर्नु हुन्छ?', आभाको यो नयाँ तिकडम मेरा लागि कुनै नौलो थिएन। गाडीबाट ओर्लेँ।

'हे आभा, म तिमीलाई मद्दत गर्न सक्छु?'

उनी बेगले दगुर्दैमतिर आइन् र ग्वाम्लाङ्ग अङगालो हालिन्। मानौं म उनको नजिकको साथी हुँ।

'म भाग्यमानी रहेछु। तिमीलाई यहाँ भेटेँ। हेर न मेरो गाडी अलि पर टार्गेटको पार्किँगमा छोडेको छु। ग्यास सकिएछ। पर्स पनि ल्याउन बिर्सेछु।'

दुई हातले मेरा दुई पाखुरा समात्दै भनिन्।

'तिमी कमसेकम मलाई त बेकुब नबनाउ आभा!'

'कसम खान्छु, उल्लु बनाउन खोजेको होईन्।' पत्याएन जस्तो लागेर होला उनले उनले घाँटी छोइन्।

मैले बुझेको थिएँ उनी फेरि मलाई उल्लु बनाउन खोज्दै थिइन्। मलाई सायद त्यो पनि मञ्जुर थियो। मैले उसको ग्यासको क्यान भरिदिएको भए पनि हुन्थ्यो। तर दसको नोट हातमा राखिदिँए। म हेर्न चाहन्थेँ। उनी के गर्छिन् भनेर। उनले सहजै नोट गोजीमा घुसारिन्।

'तिमी मसँग एक कप कफी पिउँछौ?'

मैले प्रस्ताव राखेँ। तर उनले सुनेको नसुने जस्तै गरी बाटो तताइन्।

'हे तिमीले ग्यास क्यान भरिनौ त?' अलि चिच्याएर भनें।

'मेरो सामुन्ने नपर्नू भनेको होइन?' उनी खितिती हाँसिन्।

म उनीतिर लम्किएँ। बाटोमा बस लागिराखेको थियो। उनी चढ्ने बित्तिकै गुडिहाल्यो। मानौँ बस आभालाई नै कुरिरहेको थियो।

मलाई के गरूँ, के नगरूँ भयो। उनलाई यति सजिलै छोड्न चाहन्थिन् म केही थप गफिन चाहन्थेँ। फेरि भेट कहिले हो कहिले। मैले गाडी स्टार्ट गरेँ र बसलाई पछ्याँएँ। दुई-तीनवटा बिसौनीमा बस रोकियो तर उनी ओर्लिनन्। अन्ततः एप्पल भ्याली ट्रान्जीट स्टेशनमा भने उनी ओर्लिइन्।

'हे आभा, तिमी मसँग एक कप कफी पिउँछौ?' गाडीको झ्यालबाट टाउको निकालेर उनलाई आवाज दिएँ। उनी टक्क अडिइन्। उनी आश्चर्यमा परेकी थिइन्। म उनलाई पछ्याउछु भनेर सायद उनले सोचेकी थिइनन्।

'तिमीलाई धेरै मिहिनेत गर्नुपर्‍यो', उनले मलाई भनिन्,

किन?

'मसँग कफी पिउन', उनको जवाफ थियो।

'धेरै समय होईन नि मेरी छोरी लाई स्कूलमा लिन जानु पर्छ।'

उनी मेरो गाडीमा चढिन्।

'तिम्रो छोरी पनि छ?' मैले यो अपेक्षा गरेको थिइन। अलि खिस्रिक्क पनि परेँ।

'छ। म एकल आमा हुँ नि त।'

'एकल आमा' भन्ने शब्दले भने अलि आशा जगायो।

'अनि उसको बाबु नि?'

'थाहा छैन।'

उनको यो उत्तर चाँहि अलि बिचित्रको लाग्यो। अमेरिकामा यस्तै हो भाइ भन्दै चित्त बुझाएँ।

हामी नजिकैको 'डन ब्रदर्स क्याफे'मा गयौँ। कफी माग्यौँ।

'तिमीले मलाई किन स्टकिन्ग गरेको हँ, ल भन त?' निकै कठोर शैलीमा उनको प्रश्न आयो।

फेरि पनि नम्र हुने पालो मेरै थियो। 'आभा, म तिम्रो बारेमा जान्न उत्सुक छु। अप्ठ्यारो लाग्दैन भने केही बताउन चाहन्छौ?' मैले सामान्य र स्पष्ट कुरो राखेँ।

'मेरो बारेमा जानेर के गर्छौ, आभास?' उनले प्रतिप्रश्न गरिन्। अहिले उनको स्वर केही मधुरो सुनियो। अनुहार मलिन देखियो। नजर पनि झुक्यो। 'तिमी देख्दैनौं म मान्छेहरुलाई कसरी ठग्छु, भर्खरै तिमीलाई ठगेँ। बारमा पनि जान्छु।'

'तिमीलाई मैले बिग्रिएकी केटीको रुपमा देखेको भए यसरी पच्छ्याउने नै थिइन नि, आभा।'

म १४ वर्षकी थिएँ होला, सौतेलो बाबुबाट बलात्कृत भएँ। सौतेलो बाबु जेल गए पछि आमा पनि परिवर्तन हुनु भयो। उहाँ पहिले जस्तो मायालु रहनु भएन। मेरो वास्ता गर्न छाड्नुभयो। वास्तवमा उहाँ आफैँले आफ्नो ख्याल राख्न छोड्नु भएको थियो। एक दिन, मैले उहाँलाई ओछ्यानमा मृत पाएँ। टेबलमा स्लीपिङ ट्याबलेटको खाली बट्टा थियो।

उनले मलाई एकछिन नियालेर हेरिन्। खै, मनमा के गमिन्।

'सायद सात-आठ वर्षकी थिएँ होला। मेरो बाबा-आमाको डिभोर्स भयो', मधुरो श्वरमा उनले सुनाइन्, 'किन डिभोर्स भयो मलाई थाहा भएन। अदालतले मलाई बाबुसँग बस्ने निर्णय सुनाईदियो। आमासँग हप्ताको एक दिन भने भेट्न दिन्थ्यो। बाबा-आमा अलग अलग बसे पनि दुवैको माया भने पाइरहेकै थिए। केहीपछि आमाले अर्को बिहे गर्नुभो। बाबा डिप्रेशनको शिकार हुनुभो। एक दिन उहाँले आत्महत्या गर्नुभयो। त्यसपछि म आमासँग बस्न थालेँ। सायद म १४ वर्षकी थिएँ होला, सौतेलो बाबुबाट बलात्कृत भएँ। सौतेलो बाबु जेल गए पछि आमा पनि परिवर्तन हुनु भयो। उहाँ पहिले जस्तो मायालु रहनु भएन। मेरो वास्ता गर्न छाड्नुभयो। वास्तवमा उहाँ आफैँले आफ्नो ख्याल राख्न छोड्नु भएको थियो। एक दिन, मैले उहाँलाई ओछ्यानमा मृत पाएँ। टेबलमा स्लीपिङ ट्याबलेटको खाली बट्टा थियो। जसो तसो हाई-स्कूल सकाएँ। ऋण लिएर भए पनि कलेज भर्ना भएँ। कलेजको तेस्रो वर्षतिर थियो होला, एउटा केटासँग म नजिक भएँ। मलाई मद्दत गर्थ्यो। म मायाबाट बञ्चित थिएँ, भोको थिएँ। उ मलाई भरपूर माया गर्थ्यो। उसलाई पाएर मैले बाल्यकालको पीडा बिर्सेको थिएँ। तर जब म गर्भिणी भएको थाहा भयो, उ एकाएक परिवर्तन भयो। कलेजबाटै गायब भयो। कता गयो, केही खबर छैन। त्यसपछि मेरो पढाईमा 'ब्रेक' लाग्यो। 'अबोर्सन' गर्न पनि सकिन। छोरी जन्मिइन्। कलेजको ऋण छँदै थियो। क्रेडिटकार्डको ऋणहरु थपिँदै गयो। कुनै गतिलो नोकरी पनि थिएन। एउटा रेष्टुरेन्टमा काम गर्थेँ। छोरीको 'डे-केयर'मै खर्च हुन्थ्यो। बाबाको 'इस्टेट सेटलमेन्ट' बाट केही पैसा आएको थियो। तर सही ब्यवश्थापन गर्न नसक्नाले त्यो पनि त्यसै सकियो। कसैले 'ब्याङ्करप्सी' फाइल गर्ने सल्लाह दियो। त्यसले ऋणबाट त छुटकारा पाएँ तर मेरो 'क्रेडिट स्कोर' ख्वार्लाम्मै झर्‍यो।

एक दिन छोरीको ‘डे-केयर’को फी तिर्ने बेला भइसकेको थियो। मसँग पैसा थिएन। काममा साहुसँग पैसा सापटी मागेँ। उसले मसँग रात बिताउने प्रस्ताव पो राख्यो। रिसले केही देखिन। किचनको चक्कु हातमा थियो। उसलाई झम्टिएँ। अरुले नरोकेको भए सायद त्यो बच्दैनथ्यो। धन्न 'फेलोनी चार्ज' लागेन। जागीर चाँहि गयो। ‘क्रेडिट’ बिग्रेको र पुलिस रेकर्ड पनि बसेकाले मैले फेरि काम पाउन सकिनँ। केही दिन सडकमा माग्न पनि बसेँ। तर त्यसरी कति दिन चल्थ्यो र। एकदिन ट्रेन स्टेशनमा देखेँ। एउटा मान्छे ट्रेनको टिकटको लागि भनेर पैसा माग्दैथियो। मैले हेर्दा हेर्दै उसले निकै पैसा जम्मा गर्‍यो। मैले त्यहीँ सिकेँ। अहिले सबै खर्च यसरी नै जुटाउदैछु। अब तिमी मलाई जे भन्छौ भनँ।'

अब उनीबारे कुनै रहस्य बाँकी रहेन। आभाको कथा सुनेर मेरो दिमाग तीन फन्का घुम्यो। केही भन्न सकिन। वास्तवमा मलाई न खुशी ब्यक्त गर्न आऊँछ न दु:ख नै।

उनले घडी हेरिन्। जुरुक्क उठिन्।

'ओहो, ईभालाई पिकअप गर्ने बेला भयो, मलाई 'सिडार एलिमेन्ट्री स्कूल' सम्म छोडिदिन्छौ?'

आभाको छोरीको नाम ईभा रहेछ। कस्तो मिल्दो नाम। उमेर सात वर्ष। आमा जस्तै राम्री। आभा त्यहाँबाट हिँडेरै अपार्टमेन्ट जान्छू भन्दै थिइन्, मैले गाडीमा पुर्‍याइदिने जिद्दी गरेँ।

'मम्मी, उ मेरो ड्याडी हो?' बाटोमा ईभाले अकस्मात प्रश्न गरिन्। उनको अबोध प्रश्नले फेरि मेरो दिमागले ती फन्को मार्‍यो। आफ्नो बाबु कहिल्यै नदेखेकी ईभालाई सायद आमासँग देखिने हरेक पुरुष आफ्नो बाबु हो कि भन्ने लाग्दो हो। आभाको अनुहारमा हेरेँ। उनको आँखा रसाईरहेको थियो। उनी केही बोल्न खोज्दै थिइन्। मैले इसारा गर्दै चुप बस्न भने।

'हो ईभा, म तिम्रो ड्याडी हुँ।'

'ईय, मेरो पनि ड्याडी छ, मेरो पनि ड्याडी छ।' इभा खूशीले उफ्रिन थालिन्।

आभाको प्रतिक्रिया बुझ्न उनको अनुहारतिर हेरेँ। आश्चर्यले उनको मुख खुला थियो। उनी निशब्द थिइन्। परेलीको डिलबाट आँशुका थोपा तरक्क चुहियो। उनकै अनुहारमा बिमतिकै कुनै भाव थिएन।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...