coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्मीले भारतमा ६६ को ज्यान गयो

भारतको तेलंगना राज्यको पछिल्लो हप्ता गर्मीका कारण ६६ जनाको मृत्यु भएको छ । तेलंगनाको विपद व्यवस्थापन विभागका अनुसार राज्यको महाबुबनगर जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको छ । मेदक जिल्लामा ११ जनाको मृत्यु भएको छ जहाँ दिउँसो तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

राज्यको निजामाबादमा ७, खम्माम र करिमनगरमा ५–५ जना, अदिलाबाद र वाराङ्गालमा ४–४ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

राज्यको सबैभन्दा गर्मी मानिएको जिल्ला नाल्गोन्डामा २ जनाको मृत्यु भएको छ जहाँ बुधबार तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो ।

राज्यको राजधानी हेदराबाद र अधिकांश क्षेत्रमा उच्चतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।

तेलगंना राज्यसहित छिमेकी आन्ध्र प्रदेशमा पनि गर्मीको प्रभाव बढी छ । आन्ध्र प्रदेशको अनन्तपुरा र नन्द्यालमा तापक्रम अधिकतम ४२ डिग्री सेल्सियस पुगेको छ ।



प्रकाशित: ५ फाल्गुन २०७२ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App