५ वैशाख २०८१ बुधबार
प्रवास

दुई गोल्ड र एक सिल्भर मेडल जित्दै अष्ट्रेलियाबासी नेपाली बने स्टेट च्याम्पियन

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।

यसअघि नै विभिन्न मेडल जितिसकेका सञ्जीवले गतवर्ष  हंगेरीमा भएकोम विश्व फिटनेश च्याम्पियनसिपमा छनौट भएका थिए। उनले उक्त प्रतिस्पर्धामा पाँचौं स्थान हासिल गरेका थिए।

सुनसरी घर भई अष्ट्रेलिया बस्दै आएका सञ्जीव ८ महिनापछि कम्ब्याक गरेका हुन्। पाखुरामा चोट लागेका कारण  उनी यो खेलबाट ८ महिना टाढिएका थिए। उनले यो मेडल पाएसँगै आफ्नो एक सपना पूरा भएको बताए। ‘यो खेलमा उत्रिन चार हप्ता पर्याप्त पर्याप्त थिएन। तर दृढ संकल्प, आत्मसर्पण, अनुशासन र कडा मिहेनतले मेरो सपना पूरा भयो,’ सञ्जीवले भने।

प्रकाशित: १६ आश्विन २०७४ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App