coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले माओवादी ६०/४० का आधारमा चुनावमा जाने, घोषणा आजै

काठमाडौं- चुनावी तालमेल र पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आजनै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भएका छन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।

दुई नेताले साँझ ५ बजे सभागृहमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गर्ने छन्। स्रोतका अनुसार दुई पार्टीले चुनावी तालमेल र एकताको लागि ७ बुँदे सहमति पत्र तयार पारेका छन्।

सहमतिमा दुई पार्टीबीच संघ र प्रदेशको निर्वाचनमा ६०–४० का आधारमा उम्मेदवार बनाउने, एमाले र माओवादी केन्द्र आ–आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने, संयुक्त घोषणापत्र बनाएर चुनावमा जाने, पार्टी एकता संयोजन समिति बनाएर जाने र चुनावपछि एकता गर्ने लगायतका विषय उल्लेख गरिएको छ। एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा जाने विषयमा छलफल भए पनि कानुनी अड्चनका कारण त्यो सम्भवन नहुने देखिएकोले पुरानै चिन्हबाट निर्वाचनमा जाने सहमति भएको एक नेताले बताए।

चुनावी तालमेलका लागि माओवादीले अध्यक्ष दाहाल नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ। समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्। दुई पार्टीले पार्टीका वरिष्ठ नेताहरु रहेको पार्टी संयोजन समिति पनि घोषणा गर्ने तयारी गरेका छन्।

 

प्रकाशित: १७ आश्विन २०७४ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App