५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

चितवन- क्यान्सरको उपचार हुने नेपालको प्रमुख सरकारी अस्पताल भरतपुरको विपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले विस्तारित स्वास्थ्य सेवा (इएचएस) सुरु गर्न आलटाल गर्दै आएको छ । सो अस्पतालका चिकित्सकलाई बाहिरका अस्पतालमा काम गर्न रोक लगाउने र इएचएस सञ्चालन गरेर चौबिसै घण्टा बिरामीलाई सेवा दिने उद्देश्यका साथ यो योजना आएको थियो ।

भरतपुर क्यान्सर अस्पतालका  चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

अस्पतालका चिकित्सक धमाधम बाहिर काम गर्न जान थालेपछि उपचारको गुणस्तर निकै खस्केको भन्दै अस्पतालको सञ्चालक समितिले गत वर्षको पुसमा इएचएस सुरु गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय अझैसम्म कार्यन्वयनमा आएका छैन । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नै चासो देखाएपछि यस्तो निर्णय भएको थियो ।
इएसएच सञ्चालनका लागि अस्पताल प्रशासनले कार्यदल बनाएरै अध्ययन गरेको थियो । कार्यदलका संयोजक रहेका डा. विजयचन्द्र आचार्य गत बैशाखदेखि अस्पतालको कार्यकारी निर्देशक भएका छन् । उनी आफंै कार्यकारी निर्देशक भएको छ महिना पूरा हुन लागे पनि इएचएस सञ्चालन गर्ने सुरसार भने देखिएको छैन ।
अस्पताल सुधारका लागि महत्वपूर्ण मानिएको विस्तारित सेवा किन सुरु भएन भन्ने प्रश्नमा आचार्य भन्छन्, ‘अस्पतालमा आवश्यकता अनुसार शड्ढयाहरू छैनन् । डाक्टरले परीक्षण गर्ला । शल्यक्रिया पनि गर्ला । डाक्टरले भटाभट काम गरेपछि बिरामी पनि अवश्य बढ्लान् । तर उनीहरुलाई राख्ने पर्याप्त शड्ढया अहिले छैन ।’ पर्याप्त शड्ढया नहुँदासम्म सेवा सुरु हुन गाह्रो हुने उनको भनाइ छ ।
‘अस्पताल स्थापना भएको १८ वर्ष पुग्यो । तर इएचएस सुरु गर्न सकिएको छैन । सञ्चालक समितिले सुरु गर्ने भनेर नीतिगत निर्णय लिएको छन् । पूर्वाधार पूरा भएपछि हामी सुरु गर्न सक्छौं,’ कार्यकारी निर्देशक आचार्यले भने । कहिलेबाट सुरु गर्ने भन्नेबारे भने उनी प्रष्ट छैनन् ।
उनले यो सेवा सुरु गरेर भरतपुर क्यान्सर अस्पताललाई त्यहाँ कार्यरत चिकित्सकले बाहिर काम गर्न नपाउने (नन प्राक्टिसिङ) बनाउने काम आपूmले पुरा गर्ने प्रतिवद्धता भने व्यक्त गरेका छन् । क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक तथा प्राविधिकलाई अस्पतालले नै आवास दिने गरेको छ । त्यसैले उनीहरू सोही अस्पतालमा मात्रै काम गर्न तयार हुनुपर्छ ।
सुरुमा यो नियम कडाइका साथ लागू भएको थियो । तर, पछि सञ्चालक समितिले निर्णय गरेर बाहिर जान छुट दियो । अस्पतालले दिने सीमित भत्ता त्यागे बाहिरका अन्य अस्पतालहरूमा काम गर्न जान पाइने नियमले क्यान्सर अस्पतालका चिकित्सक तथा प्राविधिकहरू सो अस्पतालमा भन्दा भरतपुरका अन्य निजी अस्पतालमा धेरै समय दिन थाले । जस्ले गर्दा अस्पतालको सेवा खस्कियो ।
भरतपुर क्यान्सर अस्पतालका  चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ । चीन सरकारले प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको नाम राखेर निर्माण गरेको सो अस्पताल सञ्चालनमा आएको १७ वर्ष पुगेको छ ।
अस्पतालमा वर्षमा एक लाख २१ हजारको हाराहारीमा बिरामी आउने गरेका छन् । अस्पतालमा ५२ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर र अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीसमेत गगरी कुल छ सय पाँच जना कार्यरत छन् । उनीहरूका लागि अस्पताल परिसरभित्रै आवासीय सुविधा पनि छ । बाहिर काम गर्न नजाने भएका कारण प्रोत्साहन भत्ताको पनि व्यवस्था छ । तर, रेडियो थेरापी युनिटका केही विशेषज्ञ चिकित्सक बाहेक अधिकांशले बाहिर पनि काम गर्छन् ।
चिकित्सक र प्राविधिकहरू अन्य अस्पतालहरूमा पनि जाने कारणले बिरामीले राम्रो सेवा पाउन नसकेको र सेवाको स्तर खस्ँिकदै गएको निस्कर्षका साथ अस्पताल सुधार्न पुरानै व्यवस्था दोह¥याउन थालिएको गत वर्ष तत्कालीन कार्यकारी निर्देशक डा.चीनबहादुर पुनले बताएका थिए । तर, योजना कार्यन्वयनमा आउन कठिन हुने सम्भावना बढेर गएको छ ।
अस्पतालले असोज १० बाट थप ८० शड्ढयाको नयाँ भवनबाट पनि सेवा सुरु गरेको छ । अस्पतालमा यसअघि नै एक सय २५ शड्ढयाको अन्तरंग भवन, १५ शड्ढयाको हसपिससमेत गरी  एक सय ९४ शड्ढया सञ्चालनमा थिए । २०६९ सालदेखि निर्माण सुरु भएका दुई सय शड्ढयाको  नयाँ भवनमा ८० शड्ढयाको उद्घाटन भएको हो । आउँदो चैत्रसम्म भवनको सबै काम पूरा हुने कार्यकारी निर्देशक आचार्यले बताए ।
‘यो दुई सय शड्ढया भवन निर्माण पूरा भएपछि थप अर्को दुई सय शड्ढयाको गुरु योजना तयार गरेर यही आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा पेश गर्ने योजना छ । यसले बिरामीको चाप थेग्न सक्नुका साथै उपचारमा गुणस्तर थप्ने छ,’ कार्यकारी निर्देशक आचार्यले भने । यी  पूर्वाधार तयार भएपछि अस्पतालले चाँडै नै विस्तारित सेवा सुरु गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
अस्पतालको नियमावलीले अझै पनि बाहिर काम गर्न रोकेको छ ।  विस २०६१ सालको सञ्चालक समितिको निर्णयले मात्रै बाहिर काम गर्न स्वीकृति दिएको थियो । बाहिर काम गर्न गए अस्पतालले दिने प्रोत्साहन भत्ता आधा कटौती हुन्छ । विशेषज्ञ चिकित्सकले पनि बढीमा महिनामा १८ हजारको हाराहारीमा प्रोत्साहन भत्ता पाउँछन् । यसको तुलनामा बाहिर काममा जाँदा निकै लाभ हुने भएपछि सबै लोभिएका हुन् ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App