युएईमा नेपाल आइडलको कन्सर्ट हुँदै

बिहिबार, १९ असोज २०७४, १२ : ३८ नारायण भुर्तेल, युएई


युएई- नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।

नेपाल आइडलबाट उत्कृष्ट बनेपछि युएईबाटै उनीहरुको विश्व सांगीतिक यात्रा सुरु भएको छ। बुद्ध, निशान र प्रतापसँगै नेपाल आइडलका प्रतियोगिहरु प्रमिला राई, अफसर अली र गायिका तृष्णा गुरुङ पनि युएई आएका छन्।

उनीहरुले शुक्रबार आबुधाबीमा ३ बजेदेखि १० बजेसम्म र शनिबार दुबईमा साँझ ७ बजे देखि बिहान ३ बजेसम्म प्रस्तुति दिने कार्यक्रम छ।

'नेपाली सांगितिक क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेको हौं,' आयोजक नविन खनालले भने, 'त्यसैले सबै युएईबासी नेपालीहरु उपस्थित भएर सहयोग गरिदिनुआग्रह गर्छु।'

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र नेपाल आइडलका उत्कृष्ट तीन जनासहित अन्य कलाकारहरुको टिकट र बस्न हलको व्यबस्था भइसकेको खनालले जानकारी दिए।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...