८ वैशाख २०८१ शनिबार
कला

हिडन ट्रेजरले गर्‍याे मिस वर्ल्डका सहभागीलार्इ बिदार्इ

भिडियाे : प्रबिन काेइराला

काठमाडौं – द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागी हुन लागेकी निकिता चाण्डकलाई बिदाई गरेको छ। बुधबार राजधानीमा आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागी हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल, मिस एसिया प्यासेफिक इन्टरनेशनल र मिस युनिभर्सलाई औपचारिक बिदाई गरेको छ।

‘अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनलको तयारी पुरा भएको छ,’ आयोजकका गोपालसुन्दरलाल कक्षपतिले भने,‘प्रशिक्षण अवधीभर आ–आफ्नो प्रोजेक्ट समेत गरेका थिए। यसले उनीहरूलाई अन्तराष्ट्र्रिय प्याजेन्टमा सहभागी हुन महत्त्वपूर्ण भूमिका खेल्नेछ। आशा गरौं सबै सहभागिले नेपालको प्रतिनिधित्व गरेसँगै उपाधी पनि जित्नेछन्।’
यसवर्षकी मिस नेपाल निकिता चाण्डक आगामी मंसिर २ मा चीनमा हुने मिस वल्र्डको अन्तिम तयारीमा जुटेकी छिन् । मिस वल्र्डअन्तर्गत मूख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन्। उनी मिस वल्र्डमा सहभागी हुन आगामी असोज ३० मा त्यसतर्फ प्रस्थान गर्दैछिन्।

‘मिस वल्र्ड अन्तरर्गत व्युटी विथ पप्रोजमा मैले नेपाली युवतीहरूको महिनावारी संस्कृतिमागि प्रोजेक्ट तयार गरिरहेको छु । यस प्रोजेक्टले महिनावारी संस्कृतिबारे जनचेतना फैलाउन सहयोग गर्नेछ । केही महिनादेखि महिनादेखि मिस वल्र्डको प्रशिक्षण गरिरहेको छु । प्रतियोगिता अवधीसम्म नेपाललाई विश्वमा परिचित गराउने कोशिस गर्नेछु । प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न उत्साहित छु।’ मिस वल्र्डको ६७औं संस्करणमा नेपालबाहेक सयभन्दा बढी देशका प्रतियोगीहरूले सहभागिताको लागि सिट पक्का गरिसकेका छन्।

त्यस्तै आगामी कात्तिक १८ मा फिलिपिन्समा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्न लागेकी रोजिना श्रेष्ठ शुक्रबार यसतर्फ प्रस्थान गर्दैछिन्। नेपालको प्राकृतिक सुन्दरता र जलवायु परिवर्तनलाई केन्द्रित गरेर उनले प्रोजेक्ट तयार गरेकी छिन्। ‘जलवायु परिवर्तनले गर्दा नेपालको प्राकृतिक सौन्दर्यमाथि प्रत्यक्ष रुपमा असर गरेको छ। प्राृकतिक सौन्दर्यलाई जोगाउन प्रोजेक्ट संञ्चालन गरेको छु,’रोजिनाले भनिन्। यसवर्षको मिस अर्थ आगामी कार्तिक १८ मा फिलिपिन्सको मनिलामा आयोजना हुँदैछ।

आगामी कार्तिक २८ मा जापानमा हुने मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेकी नीति शाह कात्तिक ७ मा त्यसतर्फ प्रस्थान गर्दैछिन्। मिस नेपालमा सहभागी साहारा बस्नेतले भने आगामी कार्तिक २३ मिस एसिया प्यासेफिकमा सहभागी हुन फिलिपिन्स प्रस्थान गर्दैछिन्। कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई प्रशिक्षण दिएकी थिइन्।


आगामी मंसिर १० मा आयोजना हुन लागेको ६६ औं मिस युनिभर्सको संस्करणमा पहिलो पटक सहभागी हुँदै गरेको नेपालको प्रतिनिधित्वि नग्मा श्रेष्ठले गदैंछिन्। ‘नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु। मेरो लागि यो एकदम नयाँ अनुभव हुनेछ । मिस युनिभर्सको लागि हाल विभिन्न तयारीमा व्यस्त भएकी छु,’उनले भनिन् । उनी कात्तिककाे तेस्रो साता प्रतियोगितामा सहभागी हुन अमेरिका जाँदैछिन्। नग्मा सन् २०१२ की मिस नेपाल फस्ट रनर अप हुन्।

 

प्रकाशित: १९ आश्विन २०७४ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App