तीन साहित्यकारलाई पद्मश्री सम्मान

बिहिबार, १९ असोज २०७४, १७ : १७ चिरन शर्मा  | @chiranuk


काठमाडौं – लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो।

प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीबार रसियन कल्चर सेन्टरमा आयोजित एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुई–दुई लाख नगद र प्रमाणपत्रले हरेक वर्ष सम्मान गर्दै आएको छ।
 
वि.सं. २०२८ देखि साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा नगेन्द्रराज शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ र ‘पीपलको बोटमुनि’ र एकान्तका आफन्तहरु कथासंग्रह प्रकाशित छन् । शर्माका विभिन्न पत्रपत्रिकामा कविता, कथा र निबन्धहरु प्रकाशित छन् । शर्मा २०२७ देखि ‘अभिव्यक्ति’ दुइमहिने साहित्यिक पत्रिकाका सम्पादन समेत हुन्।

यसैगरी वि.सं. २०१८ देखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका रोचक घिमिरे ‘सम्झनामा फक्रिएका थुँगाहरु’ ‘अनुहार र अनुभूति’ निबन्ध संग्रह प्रकाशित छन् । उनका विभिन्न पत्रपत्रिकामा कविता, कथा र समसामयिक लेखहरू प्रकाशित छन् । अर्का पुरस्कृत श्रष्टा नवराज पराजुलीलाई यस वर्षको कविता संग्रह ‘सगरमाथाको गहिराई’ लाई प्रदान गरिएको हो । यसअघि प्रतिष्ठानद्वारा राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ आख्यानकार स्वर्गीय मदनमणी दीक्षित, वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, ध्रुवचन्द्र गौतम र वैरागी काँइला साथै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरिसकेको छ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा.रविन्द्र समिरद्वारा स्वागत मन्तव्य दिएका थिए भने प्रतिष्ठानका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षसमेत रहेका जीवा लामिछानेद्वारा संस्थाको गतिविधिबारेमा प्रकाश पारेका थिए। कार्यक्रममा पुरस्कृति साहित्यकारहरू नगेन्द्रराज शर्मा, नवराज पराजुलीले मन्तव्य दिएका थिए ।   कार्यक्रममा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो। 






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

समस्या बढाउने सञ्जाल

समस्या बढाउने सञ्जाल

केही अध्ययनले सोसल मिडियाको प्रयोग र डिप्रेसनबीच सम्बन्ध देखाएका छन् । केही अध्ययनले भने कसरी सोसल मिडियाले राम्रो गर्न सक्छ...

सोहेल खान काठमाडौंमा

सोहेल खान काठमाडौंमा

बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको...

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। ...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले प्रस्तुती दिएका छन् । ...