coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

बाजुरा – नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट २८ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । विहान सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी २८ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका मध्ये प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आपूर्ती राज्य मन्त्री कर्णबहादुर विकको नाम सर्वसम्मत गरिएको छ भने प्रत्यक्ष तर्फको समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरिएको पार्टी कार्यालय सचिव सुरेश विकले बताए ।

जसमा मनलाल खत्री, भरत बुढा रमेशराज विक दिनेश जैशी जलुदेवी रोकाया, सुक थापा भरत विक रहेका छन् । यसैगरी प्रदेश निर्वाचन क्षेत्र १ को प्रत्यक्ष तर्फ पार्टी जिल्ला इन्चार्ज सहदेब बोगटी र र विनिता विकको नाम पठाइएको छ । 

समानुपातिक तर्फ नयाँराम विक, महेश शाही, सुरेश रोकाया, मानबहादुर रोकाया, कमल कुमारी शाह, कालीबहादुर धराला र सुुरेश विक गरी ८ जनाको नाम पठाइएको छ । प्रदेश निर्वाचन क्षेत्र २ मा प्रत्यक्ष तर्फ पूर्ण अधिकारी र हिरेन्द्र बाँनीयाको नाम सिफारिस गरिएको छ । 

समानुपातिक तर्फ तेजबहादुर शाह, दिपक बुढा दिपक डिसी, चन्द्र सुनार रमेश रावल मनादेवी जैशी तुला विक मानबहादुर विक र तिलन रावल गरी ९ जना सिफारिसमा परेका छन् । नाम पठाइए पनि सर्वसम्मत नै उम्मेदवार छनोट हुने माओवादीले बताएको छ। एमालेसँगको तालमेलमा उम्मेदवारी मिलाउनु पर्ने अवस्था भएकोले सहज हुने गरी उम्मेदवार सिफारिस गरिएको छ ।

प्रकाशित: १९ आश्विन २०७४ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App