coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

काठमाडौं- नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।
नेकपा संयुक्तसहित लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टी नेपाल र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेपालले माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने भएका हुन् ।
चुनाव चिह्न प्रयोग गर्नका लागि माओवादी केन्द्र र निर्वाचन आयोग दुवैले सैद्धान्तिक सहमति दिइसकेको समाजवादी जनता पार्टी नेपालका अध्यक्ष सिंहले बताए । ‘तीन पार्टीले सामूहिक रूपमा नै एकल चुनाव चिह्नमा लड्ने भनेर निवेदन दिएका थियौं, आयोगले सहमति दिइसकेको छ,’ उनले नागरिकसँग भने ।
यसैगरी सत्तारुढ नेकपा संयुक्तले पनि गोलाकारभित्रको हँसिया हथौडा चिह्नमा चुनाव लड्ने निर्णय गरिसकेको छ । संसद्बाहिरका साना दलको गठबन्धनले पनि माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

 
 

 

 

प्रकाशित: २० आश्विन २०७४ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App