८ वैशाख २०८१ शनिबार
समाज

चितवनलाई मेडिकल शिक्षा केन्द्र बनाउन तदारुकता

चितवन- चितवनलाई ‘मेडिकल सिटी’ बनाउने कार्ययोजना सार्वजनिक गरिएको छ । ‘मेडिकल सिटी’ बनाउने  भनेको वर्षौं पछि सोहीअनुसार कार्यान्यनका लागि सुझावसहितको प्रतिवेदन तयार गरी सार्वजनकि गरिएको छ ।

क्यान्सरको उपचार हुने देशकै ठूलो अस्पताल रहेको, सरकारी अस्पताल पनि भौतिक पूर्वाधारले भरिपूर्ण भएको, दुई दुईवटा मेडिकल कलेज र अत्याधुनिक उपकरणसहित शिक्षण अस्पताल र अत्याधुनिक स्वास्थ्य उपकरण रहेको चितवनलाई मेडिकल सिटी बनाउन सकिने अवधारणा अघि सारेको लामो समयपछि मात्रै कार्य योजना सार्वजनिक गरिएको हो ।

चितवनको स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदलले जिल्लालाई सबै खालका रोगको उपचार सम्भव हुने स्वास्थ्य निकायको केन्द्र बनाउनुका साथै मेडिकल शिक्षाको नमुना जिल्ला बनाउन सकिने सुझावसहितको प्रतिवेदन तयार गरेको छ।

    चितवनको स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदलले जिल्लालाई सबै खालका रोगको उपचार सम्भव हुने स्वास्थ्य निकायको केन्द्र बनाउनुका साथै मेडिकल शिक्षाको नमुना जिल्ला बनाउन सकिने सुझावसहितको प्रतिवेदन तयार गरेको छ । भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदी संयोजक रहेको कार्यदलले ‘उपचार नपाए चितवन जानु’ भन्ने मान्यता स्थापित हुने गरी योजना ल्याएको छ ।
    जिल्लामा हाल पनि विभिन्न साना ठूला अस्पतालमा गरेर तीन हजार एक सय ५४ शड्ढया रहेका छन् । यहाँ नौं सय ६५ चिकित्सक कार्यरत रहेको कार्यदलका संयोजक सुवेदीले जानकारी दिए । चितवनको जनसंख्या अनुसार एकजना चिकित्सकले छ सय ७५ जनालाई सेवा दिनु पर्छ । त्यस्तै दुई सय छ  व्यक्ति बराबर एक शड्ढया उपलब्ध हुने गरेको सुवेदीले बताए ।
    ‘चितवनमा स्वास्थ्य क्षेत्रमा निकै नै विकास भएको छ । यसका साथै यहाँ कमी कमजोरी पनि छन् । ती कमजोरीलाई हटाएर स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन नीतिगत व्यवस्था गर्न हाम्रो कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो,’ सुवेदीले भने । उपचारका साथै चितवनमा मेडिकल विश्व विद्यालयको पनि परिकल्पना गरेको उनले बताए ।
    कार्यदलले जिल्लामा मेडिकल बोर्ड गठन गर्न प्रस्ताव गरेको छ । सो बोर्डमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विशेषज्ञ चिकित्सकका प्रतिनिधि, निजी क्षेत्र र उपभोक्तासमेतका प्रतिनिधि रहने कार्यदलले सुझाव दिएको छ । सो कार्यदलले सेवा लिने क्रममा कुनै कमी कमजोरी भए न्याय दिलाउन, सरकारको स्वास्थ्य निर्देशन परिपालन गराउने काम गर्ने छ ।
    त्यस्तै बिरामी, बिरामीका कुरुवा, अस्पताल र स्वास्थ्यकर्मीको चाप बढ्दै गएका कारण यो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन स्वास्थ्य सुरक्षा प्रहरी गठन गर्न पनि कार्यदलले सुझाव दिएको छ । दुर्घटना र प्राकृतिक प्रकोप जस्ता आपत्कालीन समस्यामा परेकाको उद्धार गरी तत्काल उपचार सेवा दिने उद्देश्यले आपत्कालीन उद्धार टोली बनाएर त्यसको केन्द्र भरतपुर अस्पताललाई बनाउन कार्यदलले प्रस्ताव गरेको छ ।
    ‘भरतपुरलाई मेडिकल सिटी बनाउने, सरसफाइमा नमुना जिल्ला बनाउने र स्वास्थ्य उपचारलाई पर्यटनसँग जोड्नेसम्मका योजना हामीले तयार गरेर प्रतिवेदन चितवन जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौं,’ कार्यदलका संयोजक सुवेदीले भने ।
    जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले गत वर्षको माघमा कार्यदल गठन गरेको थियो । ‘हामीले चितवनमा स्वास्थ्य क्षेत्रमा के के सम्भावना छन्, त्यसको कार्यन्वयन कसरी गर्ने, अवसरको खोजी गर्ने र चुनौती पत्ता लगाएर त्यसबाट पार पाउने उपाय खोज्न कार्यदल बनाएका थियौं,’ चितवनका प्रमुख जिल्ला अधकिारी नारायणप्रसाद भट्टले भने ।
    स्वास्थ्य संस्थाको गुणस्तर बृद्धि गर्ने, उपचारमा पहँुच पु¥याउने, सहज सेवा र नियमनसम्मका विषय प्रतिवेदनमा आएको प्रमुख जिल्ला अधिकारी भट्टले बताए । निजी स्वास्थ्य निकायसँग देखिने बिवाद व्यवस्थापन गर्न पनि कार्यदलले दिएको सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।
    ‘प्रतिवेदन प्राप्त भएको छ । सरोकारवालासँग बसेर छलफल गर्दै कार्यन्वयनमा लैजाने छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । चितवनमा विस २०१२ सालमा नै डिस्पेन्सरीको रूपमा हालको भरतपुर अस्पताल स्थापना भएको थियो । त्यस्तै ४४ सालमा आँखा अस्पताल खुलेको थियो । ५३ सालमा पहिलो पटक मेडिकल कलेज खुलेको थियो । ६३ सालमा अर्को मेडिकल कलेज थपिएको हो ।
    भरतपुरमा चीन सरकारको सहयोगमा विस २०५७ सालदेखि देशकै प्रमुख क्यान्सर अस्पताल सञ्चालनमा छ । यहाँका विभिन्न अस्पतालमा सातवटा सिटी स्क्यान र तीनवटा एमआरआई मेशिन रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । सम्भावना हुँदाहुँदै पनि भरतपुरमा प्रशस्तै समस्या पनि रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
    अस्पतालबाट उत्पादन हुने फोहर व्यवस्थापनमा ज्यादै नै कमजोरी रहने गरेको छ । त्यस्तै चितवनमा बेलाबेलामा नयाँनयाँ खालका रोगको प्रकोप आउने तर यसबाट बच्न समयमै उचित व्यवस्थापन गर्ने परिपाटीको विकास नभएको कार्यदलको निस्कर्ष छ । ‘समस्या छन् तर समाधान गर्न नसकिने होइन । हामीले समाधानका उपाय पनि देखाएको छौं,’ कार्यदलका संयोजक विजय सुवेदीले भने ।
    

 

प्रकाशित: २० आश्विन २०७४ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App