coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

स्पेन – स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ। 

उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ । 

आगामी साता क्याटालोन संसदहरूको बैठक बस्ने घोषणा भएतापनि उक्त बैठक स्थगित गर्नका लागि अदालतले आदेश दिएको छ। क्याटालोनका नेता कार्लस् पुइगदेमोन्टले भने आगामी सोमबार क्याटालोनियालाई एक स्वायत्त प्रदेशका रूपमा घोषणा गरिने बताउँदै आएका छन्। 

स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूले आरोप लगाएका छन्। 
  
राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन्।

राजाले संवैधानिक रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न नसकेको क्याटालोनिया स्वायत्त प्रदेशका नेता कार्लस् पुइगदेमोन्टले बताए। 

राजा फिलिपले जनमत संग्रह गराएर क्याटालोनियाका नेताहरूले सरकार तथा प्रजातान्त्रिक मूल्यमान्यताको अनादार गरेको दाबी गरेका छन्। 

क्याटालोनिया भिन्न राज्यमा विभाजित हुनाले स्पेनले विभिन्न खतराहरूको सामना गर्नुपर्ने फिलिपको भनाई छ।  स्वतन्त्रताका लागि गरिएको प्रदर्शनलाई स्पेनिस प्रहरीले हस्तक्षेप गर्ने खोज्दा करिब २०० को संख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए । मतदानमा क्रममा भएको झडपमा ३३ जना प्रहरीहरू घाइते भएका छन्।

प्रकाशित: २० आश्विन २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App