coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१० हजार सवारीलाई कारबाही

उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् । दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरू कारबाहीमा परेका हुन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैँका बेला मापसे गरेर सवारी चलाउने एक हजार दुई सय ५६ जनालाई कारबाही गरिएको छ।

यसैगरी लेन मिच्ने एक सय ९६, लामो दूरीका लागि धेरै भाडा असुल्ने ५३, टिकटको बिचौलिया गर्ने ३४, ट्याक्सीमा मनोमानी ढंगले भाडा असुल्ने ८८, रुट इजाजत नलिई सवारी चलाउने २१, सिटबेल्ट नबाँधी सवारी चलाउने ४८ र  ढोका खुल्लै राखेर सवारी चलाउने २६ जना कारबाहीमा परेका हुन्।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैँका बेला मापसे गरेर सवारी चलाउने एक हजार दुई सय ५६ जनालाई कारबाही गरिएको छ । 

यस अवधिमा चारजनाको ज्यान गएको छ । गत वर्षको दसैँका बेला भने १० जनाको ज्यान गएको थियो । ट्राफिक सचेतनाकै कारण दसैँमा हुने सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता उमेश रञ्जितकार बताउँछन्।

‘ट्राफिक प्रहरीले बिहानको ३ बजेसम्म ड्युटीमा खटिएर काम गरिरहेको छ, त्यसले पनि दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी भएको हो,’ उनले भने।

दुर्घटना बढ्यो, मृत्यु संख्या घट्यो 
यस वर्षको दसैँको १५ दिनमा उपत्यकाभित्र एक सय ६० सवारी दुर्घटना भए । दुर्घटनामा चारको मृत्यु भएको छ ।  गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छ । गत वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म काठमाडौं उपत्यकाभित्र एक सय ५२ सवारी दुर्घटना भएका थिए ।  
दुर्घटनामा परेर १० जनाले ज्यान गुमाएका थिए । सात गम्भीर घाइते भएका थिए भने एक सय १२ जना सामान्य घाइते भएका थिए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजनाअनुसार नै काम गरिरहेको जनाएको छ । प्रवक्ता रञ्जितकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरेको बताए । नियम उल्लंघन गर्नेलाई प्रकृति हेरेर पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरेको महाशाखाले जनाएको छ । दैनिक पाँच सयभन्दा धेरै सवारीचालक कारबाही पर्दै आएका छन् । 

तोकेभन्दा बढी भाडा असुली
यातायात व्यवसायीले काठमाडौं उपत्यकामा दसैँको फाइदा उठाउँदै तोकिएकोभन्दा धेरै भाडा उठाएको पाइएको छ । यातायात अधिकारकर्मी रामबहादुर थापाले यातायात व्यवसायीले दसैँको मौका छोपेर सवारीसाधनमा धेरै भाडा असुलेको गुनासो गरे ।

‘दसैँको मौका छोपेर यातायात व्यवसायीले चर्काे भाडा असुलेका छन्, यात्रु मारमा परेका छन्,’ उनले भने, ‘यातायात व्यवस्था विभाग र ट्राफिकले नियमित अनुगमन नगर्दा यात्रु मर्कामा परेका हुन् ।’ 

तोकिएभन्दा धेरै भाडा असुल्ने बस तथा ट्याक्सीलाई कारबाही गर्दै आएको रञ्जितकार दाबी गर्छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि दैनिक एक हजार पाँच सय ११ ट्राफिक खटिने गर्छन् । महाशाखाका एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी छ । 

प्रकाशित: २० आश्विन २०७४ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App