coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खोटाङमा एमालेको २९ आकांक्षी

खोटाङ- आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले उम्मेदवारको नामावली सिफारिस गरेको छ । मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले २९ आकांक्षीको नाम सिफारिस गरेको हो । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बिहिबार र शुक्रबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनिषा राईको नाम सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष बबी चामलिङले बताए । निर्वाचनमा टिकटको दाबी गर्ने आकांक्षी बढी भएपछि अधिकांशको नाम पठाइएको हो । धेरैको नाम सिफारिस भएकाले टिकट सुनिश्चितताका लागि नेताहरूले केन्द्रीय शक्ति प्रयोग गर्ने बाटो खुलेको छ । वाम एकताका कारण सिफारिस नामावली फेरबदलसमेत हुन सक्ने देखिएको छ ।
एमालेले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट सांसद पाँचकर्ण राई (पिके), प्रदेश सदस्य हरिकुमार पोखरेल, जिल्ला उपसचिव कुमार आचार्य, प्रदेश सम्पर्क कमिटी सदस्य वीरबलकाजी राई,  युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस भएको छ ।
प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट पूर्व सभाषद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राईको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने देविप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशिला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको एमालेले जनाएको छ । धेरैको नाम सिफारिस भए पनि टिकट पाउनेलाई सहयोग गरेर जाने सहमति भएको अध्यक्ष चामलिङले बताए ।

प्रकाशित: २१ आश्विन २०७४ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App