६ वैशाख २०८१ बिहीबार
समाज

कांग्रेस नेता शाहको नाममा पत्रकारिता पुरस्कार

जाजरकोट- गत वर्षको  चैतर १५ गते  सदरमुकाम खलंगाको थाप्लेचौरमा  निर्ममतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका नेता रविन्द्र शम्सेर शाहको नाममा  पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। 

नेपाल प्रेस युनियन जाजरकोटले शनिबार खलंगामा एक कार्यक्रमको आयोजना गरी ५ हजार राशिको रविन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो।

नेपाल प्रेस युनियन जाजरकोट शाखाका संस्थापक सदस्यसमेत रहेका शाहको स्मृतिमा स्थापना गरिएको पुरस्कार प्रत्यक वर्ष चैत १५ गते  जिल्लाको विकास र परिवर्तनका लागि कलम चलाउने एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिने  प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले बताए।

उनले  सुरुमा पुरस्कारको राशि ५ हजार भए पनि अक्षयकोषको रकम बढाएर पुरस्कारको रकमसमेत बढाइने बताए। पुरस्कारका लागि स्वर्गीय रविन्द्र शम्सेर शाहका बुबा योग शम्सेर शाहले  प्रेस युनयन जाजरकोटलाई एक लाख नगद सहयोग गरेका छन् भने  प्रेस युनियनका अध्यक्ष जनक केसीले ५ हजार रुपैयाँ सहयोग गरेका छन्। एक लाख ५ हजारको अक्षय कोष स्थापना गरेर सोबापतको व्याज नै पुरस्कार राशिका लागि खर्च गरिने  युनियनले जनाएको छ।

युनियन र शाहका परिवारका प्रतिनिधिले बनाएको कार्यविधिका आधारमा पुरस्कार वितरणको मापदण्ड तयार हुने  युनियनले जनाएको  छ।

प्रकाशित: २१ आश्विन २०७४ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App