हङकङ– हङकङमा चुनढुङगाबाट बनेको एक कचौरा ३ करोड ८० लाखमा बिक्री भएको छ।
उक्त कचौरा किन्नका लागि एक व्यक्तिले ३ करोड ८० लाख अमेरिकी डलर तिर्नमा तत्परता देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
करिब १ हजार वर्ष पूरानो इतिहास बोकेको उक्त कचौरा चीनका सांग राजवंशले प्रयोग गरेको अध्ययनबाट पत्ता लागेको छ।
निलो र हरियो रंङ मिसिएको उक्त कचौरा १३ सेन्टिमिटर लामो छ । २० पटकसम्म मूल्यमा विवाद भएपश्चात उक्त कचौराको मूल्य ३ करोड ८० लाख निर्धारण गरिएको हो।
उक्त कचौर किन्ने व्यक्तिले त्यसलाई संग्रहालयमा राख्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २१ आश्विन २०७४ ११:४१ शनिबार