coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पल्सर स्पोर्टस् अवार्ड साउनको पहिलो हप्ता

काठमाडौं—नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष बजाज पल्सर स्पोटर्स अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ।

अवार्डको १२औँ संस्करण आगामी साउन ६ गते गर्ने निर्णय गरिएको मञ्चले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। यो वर्ष विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा उत्कृष्ट पुरूष, महिला र युवा खेलाडी तथा वर्षका उत्कृष्ट प्रशिक्षकका अवार्ड हुनेछन्।

त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड, लोकप्रिय खेलाडी, वर्षका उत्कृष्ट पारा खेलाडी र स्पेशल अवार्डसमेत प्रदान गरिनेछ। त्यसमध्ये वर्षका उत्कृष्ट पुरूष, महिला र लोकप्रिय खेलाडीले जनही एउटा पल्सर मोटरसाइकल पाउनेछन् । त्यसैगरी, अन्य विधाका विजेताले रु ५० हजार पाउनेछन् ।

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले विभिन्न विधामा परेका खेलाडीको सूची सार्वजनिक गर्नेछ। सोही समितिले छानेका खेलाडीमध्ये उत्कृष्ट खेलाडी पुरस्कृत हुने मञ्चले जनाएको छ।

मञ्चले हरेक वर्ष अवार्डको आयोजना गर्दै आएपनि अघिल्लो वर्ष भूकम्पका कारण अवार्ड रोकिएको थियो।  अब अवार्डलाई निरन्तरता दिइने बताइएको छ।

यसैबीच मञ्चले पल्सर स्पोर्ट्स् अवार्ड २०७२ का मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग पाँच वर्षका लागि रु १५ लाख बराबरको प्रायोजन सम्झौता गरेको छ।

सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र हंसराज हुलासचन्दका तर्फबाट कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कम्पनीले सात लाख बराबरको तीनथान पल्सर बाइक उपलब्ध गराउनेछ जसबापत अवार्डको नाम बजाज पल्सर स्पोर्ट्स् अवार्ड–२०७२ हुनेछ।

सम्झौतापत्र आदानप्रदान गर्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले यस वर्ष मञ्चसँग रु १५ लाखको सम्झौता गरेपनि आगामी वर्षमा प्रायोजन बढाउँदै लैजाने आश्वसन दिए। मञ्चका अध्यक्ष आचार्यले अवार्डको बजेट रु ३० लाख रहेको जानकारी दिँदै यस्ता अवार्ड आयोजना गरेर खेलाडी र खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउने उल्लेख गरे।

प्रकाशित: ५ असार २०७३ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App