८ वैशाख २०८१ शनिबार
कला

नौ दिनमा सय करोड

मुम्बई- वरुण धवनको दोहोरो भूमिका रहेको फिल्म ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाएको छ । फिल्मले शनिबारको दिन ५ करोड कमाइ गरेसँगै फिल्मले कुल कमाइ १ सय चार करोड पु¥याएको हो । ‘जुडवा २’ सय करोड क्लबमा पुग्ने बरुण धवनको तेस्रो फिल्म हो । यसअघि यही साल प्रदर्शनमा आएको धवनको फिल्म ‘बद्रिनाथ कि दुल्हनिया’ र अघिल्लो साल प्रदर्शनमा आएको ‘एबिसिडी २’ ले  सय करोड कमाएका थिए । शुक्रबार सैफअलि खान अभिनित ‘सेफ’ रिलिज भए पनि ‘जुडवा २’लाई यसले खासै असर गर्न सकेन । फिल्मले शुक्रबार ४ करोड र शनिबार ५ करोड कमाउँदै कमाइमा कीर्तिमानी आँकडा छोएको हो ।
बक्स अफिस इन्डिया डटकमले ‘जुडवा २’ धवनको करियरको सर्वाधिक कमाइ गर्ने फिल्मको रूपमा स्थापित हुने आंकलन गरेको छ । धवन अभिनित सय करोड क्लबमा छिरेका फिल्ममध्ये यसअघि ‘एबिसिडी २’ ले १ सय ७ करोड र ‘बद्रिनाथ कि दुल्हनिया’ले १ सय १६ करोड कमाइ गरेका थिए । दिपावलीमा आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ रिलिज नहुँदासम्म पनि ‘जुडवा २’ले दर्शक पाइरहने आंकलन गरिएको छ ।
‘जुडवा २’ २० वर्षअघि सलमान खान अभिनित फिल्म ‘जुडवा’को रिमेक हो । फिल्मलाई पहिलो शृंखलाका निर्देशक डेविड धवनले निर्देशन गरेका हुन् भने फिल्म बरुण धवनसँगै ज्याकलिन फर्नान्डिज र तापसी पन्नु मुख्य भूमिकामा रहेका छन् । फिल्ममा सलमान खानको पनि केमियो रहेको छ ।

 

प्रकाशित: २३ आश्विन २०७४ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App