coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सपनाको सहर : ‘हामीले काठमाडौंलाई चिन्न सकेनौँ’

विल्सनविक्रम राई, अभिनेता

तपाईंलाई मनपर्ने सहर कुन ह

मलाई मेरै देशको धरान मनपर्छ । यो सफा र मनमोहक छ । त्यहाँका स्थानीय एकदमै सभ्य र सहरप्रति जिम्मेवार छन् । धरान स्थानीयकै बलबुतामा व्यवस्थित भएको एउटा नमुना सहर पनि हो । त्यस्तै, पोखरा र झापाको बिर्तामोड पनि मलाई अति सुन्दर लाग्छ ।

यहाँ आएर खाली घर बनाउने र सीमित स्वार्थमा मात्रै लाग्यौँ । कसैले पनि काठमाडौंका सम्भावना र अवसरको खोजी गरेन । आज अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आइरहेका छन् । काठमाडौंलाई टेको बनाएर बिदेसिने हामीले काठमाडौंकै बारेमा सोचेको पाइँदैन ।

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
मैले धेरै देशका सहर घुमेको छु । टोकियो, सिड्नी, जुरिक, मेलबर्न, ताग्मेनिया, टोरोन्टो, हङकङ, मकाउ लगायत धेरै देशका सहर पुगेको छु । ती सहर घुम्दा धेरै रमाइलो लाग्यो । दुबई र कतार पनि पछिल्लो समय धेरै सुन्दर बनेका रहेछन् ।

यी सहरको के कुरा तपाईंलाई आकर्षक लाग्यो ?
मलाई  अस्टे«लियाको तास्मानिया सहर धेरै आकर्षक लाग्यो । यो टापुले बनेको सहर हो । म केही वर्षपहिले यहाँ पुग्दा त्यहाँ बोलिने भाषामध्ये पहिलो नेपाली रहेको पाएँ । नेपालजस्तै ठाउँ भएकाले तास्मानियामा धेरै पहिलेदेखि नै नेपाली बस्दै आएका रहेछन् । यो सहरमा नेपाली संस्कृति पनि पाइँदो रहेछ । त्यस्तै, घुम्दा अति नै रमाइलो लागेको अर्को सहर टोकियो र मकाउ हो । यी सहर अति नै सुरक्षित छन् । कसैले बाटोमा सामान छाडेर गयो भने पनि अर्को व्यक्तिले उठाउँदैन ।
तपाईं घुमेका सहर कत्तिको व्यवस्थित थिए ?
सरसफाइ, सुरक्षा र सेवा–सुविधाका हिसाबले मैले घुमेका धेरै सहर सम्पन्न थिए । ती सहर जति घुमे पनि नथाकिने खालका थिए । तर, प्राकृतिक सुन्दरता भने विदेशका सहरमा खासै पाइँदैन ।

हाम्रा सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरकारले भएको योजना र नीति–नियमलाई कार्यान्वयन गर्नुपर्छ । पछिल्लो समय काठमाडौं भद्रगोल छ । सडक निर्माणका सामग्री र बिजुलीका तार असरल्ल छन् । यसले सहरलाई कुरूप पनि बनाएको छ । अर्को कुरा विकास निर्माणका काम गर्ने निकाय समन्वय गरी काम गर्नुपर्छ ।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सहर देशभरका मानिसको सपनाको केन्द्रबिन्दु हो । यहाँ धेरै मानिसको सपना र भरोसा अडिएको छ । दुःखको कुरा हामीले काठमाडौंलाई चिन्न सकेनौँ । यहाँ आएर खाली घर बनाउने र सीमित स्वार्थमा मात्रै लाग्यौँ । कसैले पनि काठमाडौंका सम्भावना र अवसरको खोजी गरेन । आज अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आइरहेका छन् । काठमाडौंलाई टेको बनाएर बिदेसिने हामीले काठमाडौंकै बारेमा सोचेको पाइँदैन । मेरो करिअर काठमाडौंबाट सुरु भएको हो । काठमाडौंले नै मलाई जिउन सिकायो । म काठमाडौं छिर्दा रित्तै थिएँ, आज काठमाडौंले नै मलाई चिनाएको छ, मलाई काठमाडौंको माया लाग्छ ।

विदेशी सहर र हाम्रा सहरबीच भिन्नता के देख्नुभयो ?
विदेशका सहर सबै बनावटी छन् । त्यहाँ मानिसले नै सहरलाई सजाएका हुन् । हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन् । हरियाली डाँडाकाँडा, अग्ला हिमाल, झरना, भौगोलिक विविधता लगायत पक्षलाई हेर्दा हाम्रो देश विश्वमै फरक छ । मात्रै यहाँ भएका कुरालाई व्यवस्थित गर्न आवश्यक छ ।

के कारणले हाम्रा सहर विकास हुन सकेनन् होला ?
सहरको विकास गर्छु भनेर उर्लिएर नारा लगाउने नेताकै बेइमानीले हाम्रा सहरको विकास हुन नसकेको हो । सहरमा बसेर सबैले चुनाव जित्ने प्रपञ्च मात्रै रचे । असली सहरको विकास गर्ने बफादार नेताको कमीले सहरको विकास नभएको हो । अर्को कुरा ल्याएका योजनाले मूर्त रूपमा  पाएका छैनन् । सहरवासीमा पनि सहर व्यवस्थित बनाउनुपर्छ भन्ने चेतनाको कमी छ जस्तो लाग्छ ।
आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरमा बस्ने हरेक मानिस सभ्य होऊन् । एकले अर्कोको पीडा बुझोस् । गरिखाने र दुःख गर्नेका लागि सहरमा प्रशस्त अवसर होऊन् । सहरमा कतै पनि फोहोर नदेखियोस् । सहर बुझ्नलाई विदेश जान्छु भन्न नपरोस् । यी कुरा भए भने हामीले कल्पना गरेभन्दा पनि राम्रो सहर बन्छ ।
 
काठमाडौंको मननपर्ने पक्ष के हो ?
यहाँको ट्राफिक जाम, धुवाँधुलो, प्रदूषण, अव्यवस्थित सडक मननपर्ने पक्ष हुन् । यी विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने काठमाडौं सुन्दर बन्ने थियो ।

राम्रो लाग्ने पक्ष ?
वरिपरि हरियाली, सहरको बीचबीचमा रहेका ऐतिहासिक सम्पदा र सेवा–सुविधा हेर्दा काठमाडौं राम्रो लाग्छ ।

सहर सफा राख्न के गर्नुपर्छ होला ?
सहर सफा राख्न सहरवासी सभ्य हुनुपर्छ । सबैले आ–आफ्नो घरमा उत्पादन भएको फोहोरलाई निश्चित ठाउँमा मात्रै फाल्ने बानी बसाल्नुपर्छ । अर्को कुरा, सडकको छेउछाउ नयाँ बिरुवा रोप्ने, सडकको धुलो रोकथाम गर्न सडकमा पानी छर्कने, बिहान सबेरै फोहोर उठाउने, बेलाबेला सफा गर्ने हो भने सहर सुन्दर बन्छ ।

उपत्यकाभित्र कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
म फुर्सद हुँदा गोदावरी, लाकुरी भञ्ज्याङ जान्छु । यी ठाउँमा प्रायः हिँड्दै जान्छु ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई जोमसोम घुम्ने मन छ । केही वर्षअघि सुटिङका क्रममा हेलिकप्टरबाट यहाँ पुगेको थिएँ, तर त्यतिबेला घुम्न पाइनँ । समय मिल्यो भने जोमसोम जाने मन छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २३ आश्विन २०७४ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App