५ वैशाख २०८१ बुधबार
अन्य

तपाईंको मनपर्ने रङले के भनिरहेको छ ?

रातो (सशक्तता, आक्रामकताको रङ)
तपाईंमा कामप्रति समर्पणको भाव बढी हुन्छ । आक्रामक रुपमा तपाईं कुनै कुरामा लागिपर्नु हुन्छ । तपाईं कुरामा भन्दा काममा बढी ढल्कनु हुन्छ । तपाईंलाई खतरा मोल्न मन पर्छ । तपाईं भौतिकतामा बढी आशक्त हुनुहुन्छ भने शारीरिक रुपमा फिट हुने चाहना राख्नुुहुन्छ ।

सेतो (शुद्धता, निर्दोषपना, ताजा र युवा जनाउने रङ)
तपाईंको सबै कुरा मिलेको, मिलाएको रुचाउनुहुन्छ र स्वतन्त्र विचारको व्यक्ति हुनुहुन्छ । कुनै पनि समस्या समाधान गर्न तपाईं ‘कारक’ खोज्नुहुन्छ ।
कालो (शक्ति, रहस्य, नियन्त्रणको रङ)
तपाईं शक्तिको भोको हुनुहुन्छ र जीवनमा नियन्त्रण चाहनुहुन्छ । सँगैमा तपाईं कला रुचाउने हुनुहुन्छ । तपाईं हत्तपत्त आफ्ना कुरा अरुलाई बताउनु हुन्न ।
खरानी (धैर्य, संकीर्णता, भव्यताको रङ)
तपाईं शान्त प्रकृतिको हुनुहुन्छ । तपाईंमाथि हरकोही भर पर्न सक्ने किसिमको भरपर्दो व्यक्ति हुनुहुन्छ । तपाईं अरुलाई शान्त बनाउन सक्षम हुनुहुन्छ ।
बैजनी (सुरक्षा, सहजता, करुणाको रङ)
तपाईं पर्फेक्टनिस्ट हुनुहुन्छ । जीवनमा भावनात्मक सुरक्षा खोज्ने बानी हुन्छ । तपाईं असल, मानवतावादी र अरुलाई हरबखत सहयोग गर्न तत्पर व्यक्ति हुनुहुन्छ ।
गुलाबी (करुणा, मातृत्व, नरमपनको रङ)
तपाईं जीवनमा अरुबाट अपार प्रेमको अपेक्षा गर्नुहुन्छ । तपाईं आफू जस्तोसुकै भए पनि, जुन रुपको भए पनि साथीसंगातिबाट साथ चाहन्छन् ।
सुन्तला (खुसी, ऊर्जा, न्यानोपनको रङ)
तपाईं भिडमा, साथीहरुसँग बस्न रुचाउनुहुन्छ । तपाईं सामाजिक किसिमको व्यक्ति हुनुहुन्छ । तपाईंलाई अरुले स्वीकार गरुन्, सम्मान गरुन् भन्ने सोच हुन्छ ।
नीलो (नरम, कर्तव्यबोध र प्रशन्नचित्तको रङ)
तपाईं आन्तरिक शान्ति चाहनु हुन्छ र सत्यको खोजीमा सधैँ लागिपर्नु हुन्छ । अरुका आवश्यकता बारेमा सधैँ चिन्तित हुनुहुन्छ ।
हरियो (सन्तुलन, आशा र शान्तिको रङ)
तपाईं अरुप्रति समर्पित र खुला विचारको हुनुहुन्छ । तपाईं आफ्नो इज्जतलाई जीवनकै ठूलो सम्पत्तिका रुपमा लिनुहुन्छ ।
पहेँलो (खुसी, ऊर्जा र न्यानोपनको रङ)
तपाईंलाई सिक्न मज्जा लाग्छ र अरुलाई आफूले पाएको ज्ञान बाँड्न मन पर्छ । तपाईं आफूलाई अभिव्यक्त गर्ने बाटाहरु खोजिरहनु हुन्छ ।
खैरो (सुरक्षित, सहज, धैर्य र करुणाको रङ)
तपाईं एउटा गज्जबको असल साथी हो । तपाईंलाई स्थायित्व मन पर्छ । भौतिक जीवनभन्दा सामान्य जीवन रुचाउनु हुन्छ ।

लिङ्गअनुसारका मनपर्ने रङहरु
रङबारे केही अनौठा तथ्य
रातोः दुई साता उमेर पुगेका नवजात शिशुले देख्ने एउटै मात्र रङ रातो हो ।
गुलाबीः सबैभन्दा शान्त किसिमको रङ भएकाले यसलाई अधिकांश जेल तथा मानसिक अस्पतालहरुमा प्रयोग गरिन्छ ।
रातो र पहेंलोः यस किसिमको रङले मानिसको आतुरता जनाउँछ । भोकको आतुरता जनाउन अधिकांश फास्टफुड कम्पनीहरुले यस रङलाई बढीभन्दा बढी प्रयोग गर्ने गरेका छन् ।
सेतोः यो रङलाई सबैभन्दा सुरक्षित रङका रुपमा चिनिन्छ । त्यसैले धेरैजसो सेतो रङका गाडी दुर्घटना कम हुने गरेको तथ्याङ्क देखिन्छ ।
नीलोः संसारमा सबैभन्दा बढी मन पराइने रङ नीलो हो । संसारका ४०% मानिसले यो रङ मन पराउँछन् ।
स्रोतः साइकोलजीटुडे, इम्पावर योरसेल्फ विद कलर साइकोलजी, लाइभ साइन्स र युक्रिएटिभ, कलेज म्याच अपडटनेटबाट साभार

प्रकाशित: २३ आश्विन २०७४ ०९:०१ सोमबार

तपाईंको मनपर्ने रङले भनिरहेको नागरिक परिवार