७ वैशाख २०८१ शुक्रबार
समाज

निर्माण व्यवसायी संघका अध्यक्षमाथि नयाँ वानेश्वरमा गोली प्रहार

शरदकुमार गौचन

काठमाडौं – देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँ वानेश्वरको खरीबोटमा गोली प्रहार भएको छ। दुई राउन्ड गोली लागेर ढलेका उनलाई तत्काल नजिकैको सिभिल अस्पताल पुर्‍याइएको छ।

अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ। टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन्। सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ।

मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले उल्लेख गरेको छ। 

अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ। टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन्। सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ।

 

प्रकाशित: २३ आश्विन २०७४ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App