८ वैशाख २०८१ शनिबार
राजनीति

महाधिवेशनको दुई वर्षपछि कांग्रेसले गठन गर्‍यो संसदीय समिति

काठमाडौं – नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेलबीच सहमतिमा समिति गठन भएको हो।

समितिमा पौडेल निकट छ र कृष्णप्रसाद सिटौला पक्षबाट एक सदस्य सहभागि छन् भने बाँकी देउवा निकट हुन।

समितिमा नेता पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्यमा परेका छन् । कोषाध्यक्ष सितादेवी यादव समितिको पदेन सदस्य रहने छन्।

त्यस्तै, पूर्व महामन्त्री सिटौला पनि संसदीय समितिको सदस्य रहने भएका छन् भने सभापति देउवा पक्षबाट पूर्व महामन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव सदस्य छन्।

पार्टी सभापति र महामन्त्री समितिको पदेन सभापति र महामन्त्री हुने विधानको धारा ३१ (२)को व्यवस्था अनुसार देउवा र शशांक कोइराला समितिमा स्वत पर्ने छन्।

विधानको धारा ३१ (१)ले केन्द्रीय समिति मधयबाट एक संसदीय समिति गठन गर्ने उल्लेख गरीएको छ । सोही धाराको उपधारा ४ अनुसार बढिमा आठ जना सदस्य कार्यसमितिले चयन गर्न उल्लेख छ भने संसदीय दलको नेता पदेन सदस्य रहने छन् । 

समितिले नै पार्टीको तर्फबाट प्रदेश र केन्द्रको उम्मेदवार टुंगो लगाउने छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट मैदान उतार्ने उम्मेदवारको टुंगो कांग्रेसले असोज २७भित्र लगाइसक्ने निर्णय गरेको छ । 

महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टी पदाधिकारी र सबै निकायहरुलाई पूर्णता दिइसक्नु पर्ने विधानमा व्यवस्था छ ।तर, आन्तरिक व्यवस्थापन गर्न नसक्दा सभापति देउवाले अझै उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी र पार्टीका निकायहरुलाई पूर्णता दिनसकेका छैनन्।  समितिको पहिलो बैठक बालुवाटारमा सुरु भएको छ ।

 

 

प्रकाशित: २५ आश्विन २०७४ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App