डा.उपेन्द्र महतो लगानीको मेडिसिटी अस्पताल सञ्चालनमा

बुधबार, २५ असोज २०७४, १८ : २४ नागरिक


काठमाडौं – अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा.उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो। 

गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्। नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ।

नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा.महतोले बताए। ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणाअनुसार यसलाई उपचारको उत्कृष्ट गन्तव्यको रुपमा विश्वभरि पहिचान गराउने हाम्रो अभियान हो।’

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, अन्तर्राष्ट्रियस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी दिइयो।

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको जानकारी दिइयो।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...