८ वैशाख २०८१ शनिबार
अर्थ

बुध्द एयरले तीन वटा एयरबस जहाज किन्ने

 काठमाडौं- बुध्द एयरले २० वर्षे यात्रा पुरा गरेको छ। बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो। सो उडान करिब १ घण्टाको थियो।

मुलुकका सुगम विमानस्थलहरुमा उडान भर्ने बुध्द एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ। एउटा विमानबाट सेवा शुरु गरेको बुध्द एयरले हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन्। अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता आइपुग्ने कम्रपनीले जनाएको छ। अर्को जहाज जुन महिनाभित्र ल्याउने योजना रहेको मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले बताए ।

 पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुध्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरबससँग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको जनाएको छ। उडानका लागि बुध्द एयरले एयरबसका ३२० फेमिलि सिरिजका जहाज पनि ठम्याइसकेको छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आश गर्दै सन् २०२१ को अगस्त १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना रहेको बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन्। आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवाहरु विस्तार गर्ने योजना रहेको उनले सुनाए

प्रकाशित: २५ आश्विन २०७४ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App