६ वैशाख २०८१ बिहीबार
अर्थ

काठमाडौंबाट हुने सबै आन्तरिक उडान ढिला, प्रतीक्षालयमा उभिने ठाउँ छैन

अस्तव्यस्त डोमेस्टिक टर्मिनलको यात्रु प्रतीक्षालय

काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको प्रतीक्षालयमा बिहीबार दिउँसो खचाखच छ। बस्ने ठाउँ अभाव हुँदा यात्रु उभिन बाध्य छन्।  काठमाडौं आधारित भएर उड्ने सबै आन्तरिक उडानहरु एकै पटक ढिलो हुँदा प्रतीक्षालयमा यात्रु भरिएका हुन्।

सामान्यतः काठमाडौं विमानस्थलमा मौसमको गडबडी, पार्किङ अभाव एवं एयर ट्राफिकका कारण उडान डिले हुने गरेको छ। तर बिहीबार सफा मौसम र पार्किङ समस्या भए पनि एयर ट्राफिक हुँदा सबै फ्लाइटहरु ढिला भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार बिहान केही समस्या भए पनि दिउँसो स्थिति सामान्य छ। बिहीबार दिउँसो १५–२० मिनेटभन्दा बढी उडान ढिला नरहेको उनले दाबी गरे। ‘बिहान लुक्लाको मौसमका कारण सो गन्तव्यका जाने जहाजहरु केहीबेर डिले हुँदा त्यसको असर परेको थियो।’ पर्यटकको सिजन भएकाले माउन्टेन फ्लाइट र चाडपर्वका कारण यात्रुको चाप बढेको उनले बताए। ‘पर्यटकको सिजन हो। बिहानको गडबडी व्यवस्थित गर्न हामीले निर्देशन दिइसकेका छौं। केही समयभित्रै एयर ट्राफिक क्लियर भइसक्छ।’

हेर्नुहोस् उडान समय देखाउने डिस्प्ले जसले सबै उडान ढिला रहेको देखाउँछ :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App