खुम्बुमा वेलायती पर्यटकको मृत्यु

बिहिबार, २६ असोज २०७४, १४ : ३८ राधा ढुंगाना


सोलुखुम्बु— हाईअल्टिच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक वेलायटी पर्यटकको जनाको ज्यान गएको छ। पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा वेलायती नागरिकको मृत्यु भएको हो। 

वर्ष ६३ का टेरेन्सी जोन गोस्टीलिङको बिहिबार बिहान कोठामा सुतीरहेको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। पासपोर्ट नम्बर ७६–१२–००–२४–३  भएका उनी रिसोर्टको कोठा नम्बर १७ मा बिहान मृत्यु भएको हो।

उनी २५ गते गोक्योबाट डोले आईपुगेका थिए। नोमेड नेपाल ट्रेकबाट १७ गते समिट एयरको उडानबाट उनी लुक्ला भ्रमणमा आएका थिए। खुम्बु भ्रमणपछि गोक्योबाट फर्कने क्रममा उनको हाईअल्टीच्युडका कारण मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले नागरिकन्युजलाई बताए।  

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...

विप्लवको ‘अभिजित’

कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११...