६ वैशाख २०८१ बिहीबार
समाज

डा.केसीद्वारा वार्ताटोली गठन

काठमाडौं— नेपालमा चिकित्सा शिक्षा, स्वास्थ्यमा आमुल सुधार तथा देशमा संस्थागत बन्दै गैरहेको बेथिति र नीतिगत भ्रस्टाचार अन्त्यका लागि तेर्हौ पटक आमरण अनसन बसेका डा.गोविन्द केसीले प्रथम चरणमा ५१ सदस्यीय बार्ता टोली गठन गरेका छन्। सरकारले सचिब स्तरीय ३ सदस्यीय बार्ता टोली गठन गरे लगत्तै डा.केसीले आफ्नो तर्फबाट वार्ता टोली गठन गरेका हुन्।

उनले आफ्नो मागमा समर्थन गर्ने सबै नेपालीको साथ् लिएर सरकारसग बार्ता गर्नु पर्ने जनाए। १२ पटकसम्म सम्झौता गरेर झुक्काउने नेपाल सरकारको नियत आम सर्बसाधारण नागरिकको हितमा नभएको भन्दै देशभरी छरियर रहेका सबै नेपाली दाजुभाई दिदिबहिनीहरु एक भएर लुटबिरुद्द जूटन डा. केसीले सबैमा आह्वान गरेका छन्।

यो लामो लडाइँ भएको हुँदा प्रथम चरणमा ५१ सदस्यीय बार्ता टोलि भए पनि दोस्रो चरणमा पचहत्तर जिल्लाकै प्रतिनिधित्व हुने गरी यसलाई बिस्तार गरिने बताइएको छ। दुर्गम र बिकट क्षेत्रको प्रतिनिधित्व हुने गरि बार्ता टोलीमा संलग्न हुन् चाहने जो सुकै नेपालीलाई पनि डा. केसीले सम्पर्कमा आउन आह्वान गरेका छन्।

यसभन्दा अगाडी वार्ता टोलीमा बसेका चिकित्सक बाहेक बाँकी नयाँ युवा अनुहारहरु छन्।

प्रकाशित: २६ आश्विन २०७४ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App